himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा नगरका नवनिर्वाचित प्रमुख तथा उपप्रमुख द्वारा पदभार ग्रहण ।
निवर्तमान जनप्रतिनिधिहरुको बिदाइ,नवनिर्वाचितहरुको स्वागत।

IMG_20220520_130238_488-1653055177.jpg

थाहा नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण ,स्वागत तथा निबर्तमान जनपप्रतिनिधिहरुको बिदाई कार्यक्रम पालुङ्ग जेसिज हलमा सम्पन्न भएको छ।
थाहा नगरपालिकाका कार्यवाहक मेयर खड्गबहादुर गोपालीको अध्यक्षता सम्पन्न स्वागत कार्यक्रममा थाहा नगरपालिकाका निबर्तमान मेयर लबशेर बिष्टको बिशिस्ट आतिथ्यता तथा नवनिर्वाचित मेयर बिष्णु बहादुर बिष्ट ,नवनिर्वाचित उपमेयर भरत गोपाली,भुमिआयोग मकवानपुरका सदस्य अरुण रायमाझी ,थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्री ,नेकपा एमाले नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,नेपाली काङ्रेस नगर  सभापति प्रमोद जोशी,नेकपा माओवादी केन्द्र नगर अध्यक्ष बिनोद लामा,एकीकृत समाजवादी बागमती प्रदेश सदस्य कल्याण बिक्रम घलान,पालुङ्ग जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्री,लगायतका उपस्तिथि रहेको थियो,।
कार्यक्रममा संघसंस्थाको तर्फबाट शुभकामना दिदै थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्रीले थाहा नगरमा निर्माणकार्य सम्पन्न भैनसकेका ठुलो योजनाहरु नवनिर्वाचित जनप्रतिनिधि हरुले छिट्टै सम्पन्न गर्ने बिश्वास ब्यक्त गर्दै नगरको मुल नारा कृषि ,पर्यटन र पुर्वाधार लाई  नबिर्सन आग्रह नवनिर्वाचित जनप्रतिनिधि हरुसङ आग्रह गर्नुभयो।तेसै गरि निवर्तमान वडा अध्यक्ष शसिधर सुवेदीले जनताका इच्छा चाहाना धेरै भएकोले गएको ५ बर्षमा पुराहुन बाकी योजना तथा जनचाहना अनुरुपका काम गर्न अनुरोध गर्दै, नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ काम गर्न सजिलो बनायर आयको बताउदै,जनताको न्युनतम आबश्यकता पूरा गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो साथै सुवेदीले ७५३ पालिका मध्य थाहा नगर लाई सबैले खोज्ने बनायकोमा गर्व गर्दौ ,नवनिर्वाचित जनप्रतिनिधि हरुले पुरानो साख को निरन्तरता सहित शुभकामना शुभकामना दिनुभयको थियो।शुभकामना मन्तव्य राख्दै निवर्तमान ११ न वडा सदस्य सुनिता दोङ्गले पार्टी भनेको चुनावी माहोलमा मात्र हुने भएकोले अब थाहा नगरको बिकासको लागि सबै हातेमालो गरेर अगाडि बढ्न सुझाव दिदै शुभकामना दिनुभयो।
राजनैतिक दलका तर्फबाट नेकपा एमाले नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले समृद्धि ,शुखी थाहा नगर बनाउनको निम्ति नेकपा एमाले सदैब तयार रहेको र पुर्ण समर्थन रहेको बताउदै बाटो गलत भए प्रतिपक्षीको भुमिका पनि सोही अनुसार हुने भन्दै चेतावनी सहित शुभकामना दिनुभयो,तेसैगरी शुभकामना मन्तव्यकै क्रममा निवर्तमान प्रमुख लबशेर बिष्टले निर्वाचित भएपछि ५ बर्ष को कार्यकाल सफल कसरी बनाउने भन्नेतिर लाग्नुपर्ने,तथा पुर्व जनप्रतिनिधिहरुले हिड्ने डोरेटो कोरिसकेको ले त्यहा कसरी हिड्ने भन्नेकुरा नवजनप्रतिनिधी हरुको हातमा रहेकोले अब दल बिर्सेर नागरिक र नगरपालिकाको सेवा गर्न ध्यानाकर्षण गराउदै सफल कार्यकालको शुभकामना दिनुभयको थियो।शुभकामना दिदै निवर्तमान उपमेयर खड्गबहादुर गोपालीले "जति छिटो हिडेपनी जाने ठाउँ चिहानै हो "भन्दै राजनितीलाई सेवा र "सेवा नै धर्महो "भन्दै अगाडि बढ्न आग्रह गर्दै नगरको समग्र बिकासका निम्ति आफुहरु पनि पछिपछि लाग्ने बताउदै जनप्रतिनिधि र कर्मचारी मिलेर गए नगरबिकासमा टेवा पुग्ने औल्याउँनु भयो।
अन्तिममा आफ्नो प्रतिबद्धता राख्दै नवनिर्वाचित मेयर बिष्णु बिष्ट आदर्शले नगरको बिकासमा समाबेशी योजना कार्यान्वयन गर्ने,नगरको साझा मेयर भएर काम गर्ने,योजना निर्माणमा बिज्ञ र अनुभवी लाई साथमा लियर काम गर्ने तथा पुर्व जनप्रतिनिधि ,थाहा नगरभित्रका संघ संस्था तथा आम नागरिक सङ सहकार्य गर्दै थाहा नगरको जनताको अबस्था बदल्न हर संभव प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गर्नुभयको थियो।
सपथ ग्रहण कार्यक्रमको अबसरमा निवर्तमान जनप्रतिनिधिहरुलाइ सम्मान गर्दै मायाको चिनो प्रदान गरियको थियो।
यसै बिच नवनिर्वाचित मेयर बिष्णु बिष्ट आदर्श र उपमेयर भरत गोपालीले आजै थाहा नगरकार्यपालीकाको आफ्नो कार्यालय पुगि पदभार ग्रहण गरेका छन ,कार्यालयमा रहेको हाजिर पुस्तिकामा हस्ताक्षर गर्दै प्रमुख,उपप्रमुखले आफ्नो पदभार ग्रहण गरेका हुन ।
सपथ खाएर आआफ्नो पदभार ग्रहण गरेसङ्गै नवनिर्वाचित जनप्रतिनिधिहरुले ६० दिन भित्र आफ्नो सम्पती विवरण पेश गर्नुपर्ने कानुनी प्राबधान रहेको छ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220520_145120_986-1653055180.jpg
IMG_20220520_145632_537-1653055274.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg