pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान

InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध कार्यक्रमसहित थाहा दिवस २०८२ मनाइएको छ। रुदानेको जन्मस्थल थाहा नगरपालिका–३ अन्तर्गत शिखरकोटस्थित विकास घरमा आयोजित कार्यक्रममा रुदानेको योगदान, दर्शन र थाहा आन्दोलनको ऐतिहासिक महत्वलाई स्मरण गरिएको थियो।
थाहा नगरपालिका वडा नं. ३ र ४ को सहयोग तथा फरक सोच अभियानको आयोजनामा सम्पन्न कार्यक्रम वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वर्गीय रुपचन्द्र बिष्टको पूर्णकदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले रुदानेलाई जनताको चेतना जगाउने, जनमुखी र विकासप्रेमी महान व्यक्तित्वको रूपमा स्मरण गर्दै उहाँको विचार आजको समाजका लागि अझै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले रुदानेको संघर्ष र दर्शनले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सकारात्मक सोच विकास गर्न प्रेरणा दिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नगर उपप्रमुख गोपालीले रुदाने कुनै एक दल वा विचारधाराको सीमाभित्र सीमित व्यक्तित्व नभएको उल्लेख गर्दै उहाँको दर्शनलाई सबै राजनीतिक दलले आत्मसात गर्नु आजको आवश्यकता भएको बताउनुभयो। साथै, रुदानेको जन्मस्थल घर्तीखोलामा उहाँको स्मृतिमा संग्रहालय स्थापना गर्न नगरपालिकाले पहल थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको विशेष अवसरमा थाहा पत्रकारिता पुरस्कार २०८२ बाट विगत लामो समयदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आउनुभएका पत्रकार सुरेश बिडारीलाई सम्मान गरिएको थियो। त्यस्तै, तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान लामो समय शिक्षण पेशामा योगदान पुर्‍याई हालै मात्र सेवा निवृत्त हुनुभएका जनकल्याण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक सानोभाई कार्कीलाई प्रदान गरिएको थियो।
फरक सोच अभियानका अध्यक्ष यादव जंग रायमाझीले कार्यक्रमको औचित्य र उद्देश्यबारे प्रकाश पार्नुभएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यताका साथै जनमुखी सहकर्मीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले रुपचन्द्र बिष्टको जीवन, विचार र थाहा आन्दोलनले समाजमा पारेको प्रभावबारे आफ्ना मन्तव्य राखेका थिए।
यसै अवसरमा थाहा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वडा नं. ३ र ४ का ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार वडा ज्येष्ठ नागरिक समन्वय समितिको सिफारिसका आधारमा वडा नं. ३ का १५ जना र वडा नं. ४ का १५ जना ज्येष्ठ नागरिकलाई न्यानो ब्ल्याङ्केट, गल्बन्दी, थरमस तथा बेतको लौरो प्रदान गरिएको हो।
थाहा दिवस २०८२ को कार्यक्रमले रुदानेको विचार, थाहा आन्दोलनको मर्म र सामाजिक उत्तरदायित्वलाई पुनः उजागर गर्दै स्थानीय समुदायमा चेतना र एकताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...