pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा किसानलाई सुरक्षित भइ खेती गर्न नगर प्रमुख बिष्टको आग्रह 
थाहामा आलु भित्र्याउने र अन्य तरकारी लगाउने सिजन शुरु

aalu-1622850073.jpg

फाेटाे - गणेश बिष्ट

कोरोना संक्रमणको जोखिमको अहिलेको अवस्थामा आलु नखनि नहुने र अन्य तरकारी पनि लगाउनु पर्ने भएकाले सामाजिक दुरि कायम गरि भिडभाड नगरि खेतिपातिको काम गरेर सुरक्षित बस्न नगर प्रमुख लबशेर बिष्टले आग्रह गर्नु भएको छ । 

 

थाहा नगरपालिकामा ऐले आलु खनेर तरकारी लगाउने सिजन हो  । यस क्षेत्रका किसानको मुख्य बाली आलु खन्न ऐले कृषकहरुलाई भ्याईनभ्याई छ  । 


आफुले मात्रै नभएर कृषकहरुले आफ्ना छरछिमेक र नगरबाहिरका समेत खेताला लगाउउने गरेको छन्न् ।
यो बर्ष पनि कोरोना भाइरसको दोस्रो चरणका कारण लकडाउन भएको छ भने कोरोना संक्रमणहुने दर समेत बढेको पनि छ ।


कोरोना संक्रमणको दर बढेको अवस्थामा आलु नखनि नहुने भएको र अन्य तरकारी पनि लगाउनु पर्ने भएकाले सामाजिक दुरि कायम गरि भिडभाड नगरि खेतिपातिको काम गर्न थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले सुझाउनु भएको छ । 


थाहापाटी सँग कुरा गर्दै मेयर बिष्टले खेतबारीमा कामगर्दा पनि स्वास्थ्य मापदण्डको पालना गर्न कृषकहरुलाई आग्रह गर्नुभयो  ।
“सकेसम्म आफ्नै परिवार तथा  छिमेकीसंग मात्रै भारापर्म गरी नगरपालिका भन्दा बाहिरको कामदार नबोलाई खेतीको काम गर्न कृषकहरुलाई अनुरोध गर्दछु ।” प्रमुख बिष्टले थाहापाटीसंगको कुराकानीमा बताउनुभयो ।

“सकेसम्म आफ्नै परिवार तथा  छिमेकीसंग मात्रै भारापर्म गरी नगरपालिका भन्दा बाहिरको कामदार नबोलाई खेतीको काम गर्न कृषकहरुलाई अनुरोध गर्दछु ।” 

फाेटाे - गणेश बिष्ट

आलु खन्ने तथा खेतिपातिको काम  सुरु भएसंगै कोरोना महामारी फैलन सक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।
कृषकहरु बिना मास्क, सामाजिक दुरी कायम नगरी खेतबारी आउजाउ गर्दा, काम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना रहेको छ ।

खेतबारीमा काम गर्दा मास्क लगाउन र दुरी कायम गर्ने संभावना कम हुने कृषकहरु बताउछन् । सरकारले लकडाउन घोषणा गरेतापनि बाली भित्र्याउने र नयाँ बाली लगाउने चटारो भइरहेको आफ्नो परिवारले मात्रै सो काम नभ्याउने भएकोले कृषकहरु समस्यामा छन् ।


साथै प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत चिकित्सक रिकेश कार्की पनि कृषकहरुलाई सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि कृषि कर्ममा लाग्नुहुन र व्यक्तिगत सरसफाईमा विषेश ध्यान दिनुहुन आग्रह गर्नुभएको छ । 


 थाहा नगरमा अहिले आलु बाहेक बन्दा , मुला , काउलीको उत्पादन उल्लेख्य  मात्रामा भैरहेको छ । तर किसानहरुले उत्पादित सामानको उचित बजारमूल्य पाएका छैनन् ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...