pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहा कला केन्द्रले नयाँ वर्षमा नयाँ अभियान घोषणा गर्दै 

55437890_580512902452725_-1553490775.png


थाहा कला केन्द्र मकवानपुरले आउँदो नयाँ वर्षको अवसर पारेर बैशाख १ गते नयाँ वर्षकै दिन नयाँ अभियान घोषणा कार्यक्रम गर्ने भएको छ । थाहा कलाकेन्द्रको अफिसियल फेसबुक पेज मार्फत उक्त कार्यक्रमको घोषणा गरेको हो । सामाजिक सञ्जाल फेसबुक पेजमा ुुनयाँ वर्ष २०७६ सालको पावन अवसरमा यहि वैशाख १ गते यस थाहा कलाकेन्द्रको आगामी नयाँ योजना सहितको नयाँ अभियानको घोषणा कार्यक्रम तथा हाल सञ्चालित ईसरोकार टिभिको उत्सव समारोह विषेश कार्यक्रमको साथमा हुने भएकोले समस्त थाहा कलाकेन्द्रका सदस्य तथा सम्पूर्ण सरोकारवालाहरुलाई उक्त कार्यक्रममा सरिक भैदिनुहुन विनम्र अनुरोध छ ुु भनेर लेखिएको सुचनामा शिखरकोट थाहा कलाकेन्द्रको आफ्नै कार्यालयमा उपस्थितिको लागि आह्वान गरेको छ । Image may contain: 4 people
कार्यक्रममा हाल थाहा नगरपालिकामा केन्द्रित रहेर विविध कार्यक्रम प्रसारण गर्दै आएको युटुभ च्यानल ईसरोकार टिभिले थोरै समयमै पनि अत्यन्तै लोकप्रियता जमाउँदै १० हजार भन्दा बढि सब्स्क्राईब सदस्य, पाएकोमा विषेश खुसी साँटासाँट कार्यक्रम सहित विषेश सामारोहको विचमा केक काटेर भावि निति तथा योजना तय गरिने थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले थाहा पाटिलाई जानकारी दिएका छन् ।
 २०७२ साल जेष्ठ ९ गते औपचारिक घोषणा गरि स्थापना गरिएको थाहा कला केन्द्र विगत देखि वर्तमानसम्म फरक फरक अभियानको रुपमा प्रस्तुत हुँदै आईरहेको छ । थाहा कला केन्द्रले आयोजना गरेको मकवानपुर जिल्लामै पहिलो पटक अडिसनहरु सहितको जिल्ला स्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडल कला केन्द्रको चिनारी बनेको थियो । 
त्यस लगत्तै थाहा केन्द्रले, कला संस्कृति देशको पहिचान यसको संरक्षण हाम्रो अभियान भन्ने आफ्नो मूल नारालाइ आत्मसाथ गर्दै कला र संस्कृति जगतमा अत्यधिक क्रियाशिलता जगाउँदै यसै माध्यमबाट समाजमा विद्यमान समस्या आत्महत्या, बालबिवाह, सामाजिक विकृति विसंगति लगायतका समस्याहरु न्युनिकरण प्रयास स्वरुप उत्तरी मकवानपुर मै पहिलो पटक नेपाली कथानक चलचित्र परिवर्तित मनको संवाहक कल्चर नामक चलचित्र निर्माण गर्न समेत सफल भईसकेको छ । 
आफ्नो सम्पूर्ण सदस्यहरुलाई निशुल्क रुपमा कलाकारिताका कक्षाहरु सञ्चालन गर्दै आईरहेको थाहा कला केन्द्रले हालससम्म उक्त चलचित्र मकवानपुर जिल्लाको विभिन्न १३ स्थानमा १७ औ पटक च्यारिटि शो समेत गरिसकेको छ । विभिन्न नयाँ समाजिक अभियानहरु सञ्चालन गर्दै आईरहेको कला केन्द्रले आगामी अभियान भने खुलाएको छैन  । आगामि अभियान वैशाख १ गतेकै समारोहमा घोषणा गरिने कला केन्द्रको सञ्चार संयोजक कौशिला वाईवाले जानकारी दिएका छन् । 
थाहा कला केन्द्र मकवानपुर जिल्लाकै स्थापित, व्यवस्थित अनि फरक ढंकको अभियान चाल्ने एक मात्रै कला केन्द्र हो जसको आफ्नै परिचय गीत समेत रहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...