Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

'थाहा उत्कृष्ट छ, अझै उत्कृष्ट बनाउन लागाैँ'

IMG_20201204_071932-1607046113.jpg

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले थाहा नगरपालिकाले मकवानपुर जिल्लामै स्थानीय तहहरु मध्ये उत्कृष्ट कार्य गर्ने गरेको स्मरण गर्दै प्रंशंसा गरेका छन् । प्रमुख खुलालले थाहा नगरपालिकाको प्रथम चौमासिक अनुगमनको क्रममा यस्तो बताएका हुन् । “थाहा नगरले गर्ने उत्कृष्टताहरुलाई पनि थप व्यवस्थित भने गर्न आवश्यक छ”, थप सुझाव दिदै प्रमुख खुलालले भने-“नगरपालिकाको समग्र विकासका लागि आर्थिक र सामाजिक विकास, नागरिकलाई स्वरोजगार तथा आर्थिक रुपमा सम्पन्न हुने खालका कार्यक्रम सञ्चालन तर्फ थप ध्यान दिनूपर्छ ।”  यसका लागि पर्यटन विकासको प्रचुर संभावना रहेको थाहा नगरपालिकाले त्यसतर्फ थप ध्यान दिन आवश्यक रहेको प्रमुख खुलालले सुझाए । 

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको टोलीले १८ मंसिरमा जिल्लाको थाहा नगरपालिकाको अनुगमन गरेको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा रहेको टोलीले चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगतिका बारेमा अनुगमन गर्नुका साथै समिक्षा गरेको थियो ।  

टोलीले चालु आर्थिक वर्षमा स्थानीय तहहरुमा गर्नुपर्ने कामहरु सम्पन्न भए/नभएको साथै अघिललो आर्थिक वर्षमा आइपरेका समस्याका बारेमा जानकारी लिएको छ । आर्थिक वर्षको पहिलो चौमासिकमा लागत इस्टिमेट तयार, उपभोक्ता समिति गठन, सम्झौता प्रकृया लगायतको कार्य  भए/नभएको बारेमा अनुगमन गर्नुका साथै समिक्षा गरिएको जिसस प्रमुख खुलालले जानकारी दिए । 

अनुगमन टोलीलाई थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट र प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले हालसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयन तालिका तयारी गरी सोही बमोजिमका कामहरु भैरहेको जानकारी दिए । उनले असारे विकासको परिपाटिलाई अन्त्य गर्ने गरि योजना कार्यान्वयन तालिका बनाइएको पनि बताए ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत पुरीले विश्व महामारीकै रुपमा रहेको कोभिड-१९ का बाबजुद पनि पहिलो चौमासिकमा करिब २० प्रतिशत वित्तिय प्रगति भएको र नगरपालिकाको योजना अनुसार समयमै कार्य सम्पन्न गर्ने गरि काम अगाडी बढाईएको बताए । 

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, चित्रबहादुर बलामी, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, थाहा ३ वडा वडा ध्यक्ष राजेश केसी, वडा नम्बर ६ का शशीधर सुवेदी, वडा नम्बर १० का हिराबहादुर गमाल, कार्यपालिका सदस्य कविता कार्कीलगायत थाहा नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिती थियो । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg