himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा अभियानका प्रणेता रुपन्द्र विष्टको ८६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाईदै

images-1610240191.jpg

थाहा अभियानका प्रणेता रुपन्द्र विष्टको ८६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाईदै छ । 
हालको थाहा नगरपालिकामा जन्मेर मकवानपुरलाई आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षाबादी, नारीवादी र जनबादी नेता बिष्ट रुदाने, जसरु, रापसरु र स्वरूपे आदि नामबाट पनि चिनिनु हुन्छ ।

बु्बा पदम बहादुर र आमा चित्रकुमारीबाट सम्भ्रान्त परिवारमा विक्रम सम्बत १९९० पौष २६ मा जन्मनु भए विष्टले पारिवारीक विचार भन्दा फरक कम्युनिस्ट राजनीति स्कुले छदै गर्नु भयो ।  विक्रम सम्बत २००७ देखि २०१० सम्म कम्युनिस्ट विद्यार्र्थी राजनीतिमा सक्रिय रहदै  २०१० देखि २०१७ सालसम्म किशान र मजदुरहरूको पार्टीमा क्रियाशील रहन् भयो ।  १७ सालपछी २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च हुनु भएका विष्ट २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य हुनु भयो । तर उहाँकोे विचार प्रजातन्त्रबादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहंदा समेत गिरफ्तार गरियो। पटक पटक गिरफ्तार भए पनि जनमुखी राजनतिमा पूर्ण प्रतिवद्द रहनु भएका विष्ट साधारण जीवन बाच्ने र उहाँले बिबाह गर्दा समेते चिया मात्र दुवाउनु भएकोृ थियो ।  दुइ सन्तान भएका उहाँको  पछि सम्बन्ध बिच्छेद भयो।

धेरै पटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ परेका बिष्टलाई तत्कालिन पञ्चायति सरकारले धेरै पटक जेल हालेको थियो। उनले बि ए र बि एल सम्म औपचारिक अध्ययान गरे र पछि सरकारको असहयोग रहेकोले भारतमा स्वः निर्वाशित भएर पूर्वीय दर्शनको अध्यनन गर्नु भयो ।  नेपालमा त्यो समय उहाँ मारिएको शंका समेत गरिएको थियो । 
फर्केपछि मकवानपुर्को दामनमा प्राकृतिक बिज्ञानको ८ वर्ष स्वः अध्ययन गर्नु भयो उहालेँ  स्थानीय बिद्यालयमा प्रधानाध्यापक भएर र बिहान बेलुका प्रौढ शिक्षा समेत चलाउनु भएको थियो । 

कुनै दलसँग आबद्ध नरहेका विष्ट राजनीतिज्ञभन्दा पनि दार्शनिक, चिन्तक र समाजसुधारक नेताहुनुहुन्थ्यो ।  ०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गर्नु भएका  विष्ट फोटो होइन विचार राखेर निर्वाचन लड्नु हुन्थ्यो ।  विष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी हुनु्हुन्थ्यो ।  

सधैं जनता र चेतनाका कुरा गर्ने तथा दुःखी एवं गरीब जनताको जीवनस्तरमा बाँच्न अभ्यास गर्ने भएकोले कतिपयले रूपचन्द्रलाई कम्युनिस्ट पनि भन्छन, तर खासमा उहाँ स्वतन्त्र चिन्तक, विचारक, दार्शनिक एवम् प्रजातन्त्रप्रति प्रतिबद्ध देशभक्त नेपाली हुनुहुन्थ्यो ।  विसं ०२९र ३० तिर जनमुखी नेता रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरू गर्नु भयो । रूपचन्द्र र उहाँका सहकर्र्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेख्न थालियो ।  ‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । 
२०३८ र ४३ सालमा उनी राष्ट्रिय पञ्चायतमा हुँदा र पछि २०५६ साल आशार १७ मा निधन हुदासम्म आफ्नो जनमुखी विचार सम्प्रेषण गर्नु भयो । 
महान नेता विष्ट जन्मेको दिन थाहा नगरपालिकामा फरक सोचले विभिन्न कार्यक्रम गरेर जन्म जयन्ती मनाउदै आएको छ । सो क्रममा आज बिहान ८ बजे बिकास घरमा थाहा दिवस बनाउन लागिएको फरक सोचले जनाएको छ । 


 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg