Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा–४ शिखरकोटकी एकल महिला चिनिमैयाँ नेपालीलाई वाईसीएलद्वारा पक्की घर निर्माण गरी हस्तान्तरण

FB_IMG_1770367131593-1770367228.jpg

थाहा नगरपालिका–४, शिखरकोट निवासी एकल महिला आमा चिनिमैयाँ नेपालीको जीर्ण तथा बस्न अयोग्य अवस्थामा रहेको घर पुनःनिर्माण गरी नयाँ पक्की घर हस्तान्तरण गरिएको छ।
नेकपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एक कार्यक्रमका बीच चिनिमैयाँ नेपालीलाई नव–निर्मित पक्की घरको साँचो हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा थाहा नगरप्रमुख विष्णु बिष्ट, वाईसीएल नेपाल थाहा नगर कमिटीका पदाधिकारीहरू, नेकपाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
घर निर्माणका लागि वाईसीएल नेपाल, थाहा नगर कमिटीले श्रमदानसहित सम्पूर्ण आर्थिक खर्च बेहोरेको जनाएको छ।
वाईसीएल थाहा नगर कमिटी अध्यक्ष केशव सुनारका अनुसार चिनिमैयाँ नेपाली विगतदेखि नै जीर्ण अवस्थामा रहेको पुरानो कटेज घरमा बस्दै आउनुभएको थियो। घरको छानोबाट पानी चुहिने, बस्न अत्यन्तै कठिन र कष्टकर अवस्था रहेको तथा आर्थिक अवस्था कमजोर भएकाले स्वयम् पुनःनिर्माण गर्न नसक्ने स्थितिमा रहेकाले वाईसीएलले मानवीय भावनाबाट प्रेरित भई घर निर्माण गरिदिएको हो।
“श्रम तथा उत्पादनमा वाईसीएल अभियान” अन्तर्गत घर पुनःनिर्माण कार्यको प्रारम्भिक चरण २०८२ साउन १० गते बिहान १० बजेदेखि श्रमदान कार्यक्रममार्फत सुरु गरिएको थियो।
वाईसीएल थाहा नगर कमिटी अध्यक्ष केशव सुनारले यस मानवीय कार्यलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण पार्टी पंक्ति, वाईसीएल पदाधिकारी तथा कार्यकर्ताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
राजनीतिक दल तथा युवाहरूको सक्रिय सहभागितामा गरिएको यो कार्यले समाजमा सहयोग, सहकार्य र मानवीय भावनाको सशक्त सन्देश दिएको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg