Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहामा ३० करोड ५० लाखको पालुङ्ग बृहत खानेपानी आयोजनाको सम्झौता ।

मकवानपुरको थाहा नगरपालिकामा पालुङ वृहत्त खानेपानी आयोजना संचालन हुने भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासंगको साँझेदारीमा खानेपानी आयोजना संचालन हुने भएको हो । आयोजना संचालनका लागि थाहा नगरपालिका, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र पालुङ वृहत्त खानेपानी आयोजना उपभोक्ता समितिबीच काठमाण्डौंमा त्रिपक्षिय सम्झौता भएको छ । सम्झौतामा संघीय खानेपानी आयोजनाको तर्फबाट आयोजना प्रमुख मोहन लाल जैसी, थाहा नगरपालिकाको तर्फबाट नगर प्रमुख लवशेर विष्ट र उपभोक्ता समितिको तर्फबाट अध्यक्ष राजकुमार केसीले हस्ताक्षर गरेका छन् । त्रिपक्षिय सम्झौतामा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी साक्षी बसेका छन् ।
थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा लागू हुने खानेपानी आयोजनाको कुल लागत ३० करोड ५० लाख ७८ हजार ३०१ रुपियाँ रहेको सम्झौतामा उल्लेख गरिएको छ । आयोजनाबाट चारवटा वडाका २३ हजार २२९ जनसंख्या लाभान्वित हुने नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । सम्झौता अनुसार आयोजनाका लागि लाभान्वित क्षेत्रका नागरिकले ६ करोड ५ लाख ७४ हजार ६४८ रुपियाँ बराबर श्रमदान गर्नुपर्ने छ भने ३० लाख ५० हजार ७८३ रुपियाँ नगद दाखिला गर्नुपर्ने छ । नागरिकले नगद दाखिला गर्नुपर्ने बजेट नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख विष्टले बताए । उनले भने–‘लाभान्वित परिवारले श्रमदान मात्र गरे पुग्छ, नगद हामी दाखिला गरिदिन्छौं ।’

कुल ५०.२४ किलोमीटर प्रशारण लाइन रहेको आयोजना आर्थिक वर्ष २०८०/०८१ सम्म निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । आयोजना अन्तर्गत वितरण पाइपलाईन १०२.५४ किलोमीटर हुने र ३ हजार १४५ वटा व्यक्तिगत धारा, आवश्यकता अनुसार सामदायिक र संस्थागत धारा निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।
खानेपानी आयोजनाका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले खानेपानी आयोजनाको डिजाइन लागत इष्टिमेट तयार गरी, स्वीकृत गराउनु पर्नेछ भने बहुवर्षिय खरिद गुरुयोजना तयार गर्ने र ठेक्का प्रक्रिया गर्ने त्रिपक्षिय सम्झौतामा उल्लेख छ । कुल लागतको ८० प्रतिशत रकम नेपाल सरकारबाट उपलब्ध गराउने, उपभोक्ता समितिको क्षमता अभिवृद्धि गराउने, उपभोक्ता समितिको जनसहभागीताको मुल्याङ्कन गर्ने, योगदान कायम गराउने समेतको कार्य संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गर्नुपर्नेछ । आयोजनाको कार्य सम्पन्न गरी स्थानीय तहलाई स्वामित्व हस्तान्तरण गर्नेसम्मको भूमिका आयोजनाको हुने सम्झौतामा उल्लेख छ ।
त्रिपक्षिय सम्झौता अनुसार खोपानी उपभोक्ता समितिले आयोजनाका लागि समितिको नाममा मुहान गर्दा गर्ने, खानेपानीको स्रोत सुनिश्चित गर्नुपर्नेछ । समितिले आयोजना संचालन गर्दा आइपर्ने विवाद उत्पन्न भएमा समस्या समाधान गर्ने, आयोजनाका लागि जग्गा उपलब्ध गराउने, आयोजनाको निगरानी गर्ने, श्रमदान जुटाउने, कार्य समितिले गर्नुपर्नेछ । त्यस्तै आयोजनाका क्रममा सम्झौता बमोजिमका कार्य उपभोक्ता समितिले जुटाउन नसकेमा आयोजना रद्द गर्न सक्ने समेतको बुँदा सम्झौतामा समेटिएको छ ।
आयोजना संचालनका क्रममा थाहा नगरपालिकाले ठेकेदारको कामको अनुगमन नियमित गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । संरचनाहरुको गुणस्तर नियन्त्रणमा समेत नियमित अनुगमन गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापनआयोजनाले खानेपानी आयोजनाको डिजाइन लागत इष्टिमेट तयार गरी, स्वीकृत गराउनु पर्नेछ भने बहुवर्षिय खरिद गुरुयोजना तयार गर्ने र ठेक्का प्रक्रिया गर्ने त्रिपक्षिय सम्झौतामा उल्लेख छ । कुल लागतको ८० प्रतिशत रकम नेपाल सरकारबाट उपलब्ध गराउने, उपभोक्ता समितिको क्षमता अभिवृद्धि गराउने, उपभोक्ता समितिको जनसहभागीताको मुल्याङ्कन गर्ने, योगदान कायम गराउने समेतको कार्य संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गर्नुपर्नेछ । आयोजनाको कार्य सम्पन्न गरी स्थानीय तहलाई स्वामित्व हस्तान्तरण गर्नेसम्मको भूमिका आयोजनाको हुने सम्झौतामा उल्लेख छ ।
त्रिपक्षिय सम्झौता अनुसार खोपानी उपभोक्ता समितिले आयोजनाका लागि समितिको नाममा मुहान गर्दा गर्ने, खानेपानीको स्रोत सुनिश्चित गर्नुपर्नेछ । समितिले आयोजना संचालन गर्दा आइपर्ने विवाद उत्पन्न भएमा समस्या समाधान गर्ने, आयोजनाका लागि जग्गा उपलब्ध गराउने, आयोजनाको निगरानी गर्ने, श्रमदान जुटाउने, कार्य समितिले गर्नुपर्नेछ । त्यस्तै आयोजनाका क्रममा सम्झौता बमोजिमका कार्य उपभोक्ता समितिले जुटाउन नसकेमा आयोजना रद्द गर्न सक्ने समेतको बुँदा सम्झौतामा समेटिएको छ ।
आयोजना संचालनका क्रममा थाहा नगरपालिकाले ठेकेदारको कामको अनुगमन नियमित गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । संरचनाहरुको गुणस्तर नियन्त्रणमा समेत नियमित अनुगमन गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई सहयोग गर्ने दायित्व पालिकाको रहेको छ । निर्माण सामग्री तथा निर्मित संरचनाहरुको गुणस्तर कायम हुन नसके वा निर्माण कार्यमा समेत ढिलासुस्ती भई आयोजनालाई असर पर्ने अवस्था देखिएमा तत्कालै नगरपालिकाले समस्या समाधानमा सहयोग गर्नुपर्ने सम्झौतामा लेखिएको छ ।
खानेपानी आयोजनाको संरचनाहरु निर्माण सम्पन्न भएपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट तयार गरिने सम्पन्न प्रतिवेदनमा छलफल गरी पालिकाले सहमति प्रदान गर्नु पर्नेछ । आयोजना हस्तान्तरण पश्चात आयोजनाको स्वामीत्व थाहा नगरपालिकाको हुने सम्झौता छ ।
पालुङ वृहत्त खानेपानी आयोजना संचालनमा आएपछि खानेपानी आयोजनाको मर्मत सम्भार एवं सेवा संचालन गर्ने, आर्थिक कारोवारको हिसाब किताब र कार्य प्रगति लगायत सम्पूर्ण व्यवस्थापकीय कामकाज नगरपालिकाले गर्नुपर्ने छ भने खानेपानी सेवा सञ्चालन गरे वापत उठाउने महशुल मासिक/जडान/सदस्यता शुल्क निर्धारण तथा सङ्कलन गर्ने कार्य समेत स्थानीय तहले नै गर्नुपर्नै सम्झौतामा उल्लेख गरिएको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg