Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहामा स्काउटको आधारभूत तालिम शुरु, २५ विद्यालय सहभागी

Screenshot_20220801-19113-1659360571.png

नेपाल स्काउटको थाहा नगरपालिका स्थानीय समितिले ६ दिने आधारभूत तालिम शुरु गरेको छ । थाहा नगरपालिका वडा नम्बर १ स्थित झम्केश्वरी माविमा १६ साउन सोमबारबाट तालिम शुरु गरिएको हो । 
थाहा नगरपालिकाका आधारभूत र माध्यमिक विद्यालयहरुलाई लक्षित  गरी तालिमको आयोजना गरिएको स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठले जानकारी दिए । पाँच रात छ दिनमा सम्पन्न हुने तालिममा थाहा नगरपालिकाका आधारभूत र माध्यमिक तहको पठनपाठन हुने सबै विद्यालयको सहभागिता रहेको छ । तालिममा थाहा नगरपालिकाका १९ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयका शिक्षकहरु, स्थानीय स्काउट समिति र समुदायबाट गरी ६४ जनाको सहभागिता रहेको छ । सहभागी मध्ये महिला र पुरुषको सङ्ख्या आधा–आधा रहेको आयोजकले जानकारी दिएको छ । तालिममा चितवनका दुई जनाको सहभागिता रहेको छ । 
तालिममा पुरुषतर्फका कोर्शलिडर प्रमोद सिग्देल र महिला तर्फका कोर्शलिडर मुना तामाङ लामाले नेतृत्व गरिरहेका छन् भने अशोक सारु मगर र सुमित्रा लामाले प्रशिक्षणमा सघाइरहेका छन् । त्यसैगरी यसअघि आधारभूत तालिम लिइसकेका ८ जना काउन्सिलरहरु पनि सहजीकरणमा खटिएका छन् । विहान ६ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने आवाशीय तालिमका लागि १२ जनाको स्काउट टिमले भोजन, आवास तथा अन्य व्यवस्थापनमा सहयोग गरिरहेको छ । 
स्थानीय स्काउट समितिका संयोजक श्रेष्ठका अनुसार थाहा नगरपालिका र मातहतका शाखाहरु, स्थानीय संघसंस्था, निजी क्षेत्र र व्यक्तिहरुबाट सहयोग जुटाएर तालिम सञ्चालन गरिएको हो । तालिमका लागि अहिलेसम्म नगरपालिकाको विपद व्यवस्थापन शाखाबाट चामल र तेल, शिक्षा शाखाबाट रु. ७ हजार बराबरको स्टेशनरी सामग्री, स्वास्थ्य शाखाबाट प्राथमिक उपचार सामग्री र स्वास्थ्यकर्मी, पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाबाट डायरी, कलम र क्लियर ब्याग सहयोग प्राप्त भएको संयोजक श्रेष्ठले बताए । त्यसैगरी, गीताराम केसी, नरेन्द्र अधिकारी, दिपेन्द्र विष्ट, हरि विष्ट, सुदिप अधिकारी, विनोद ढकाल, मधुकर कार्कीसहितको समूहबाट १०० केस मिनिरल वाटर प्राप्त भएको पनि उनले जानकारी दिए । ओखरबजार निवासी धर्म प्रधानले प्याज र मसला, कुटीप्वाकल निवासी अमृत गोलेले ३० किलो आलु, ओखरबजार निवासी हरिहर श्रेष्ठले मसला, रमेश लामिछानेले हरियो तरकारी र सुविसु होमस्टे चित्लाङले सहभागीहरुलाई नुहाउने र भाँडा माझ्ने साबुन सहयोग गरेका छन् । 
श्रेष्ठ वेयर सर्टिङ–सुटिङ टेलरिङ वागबजारका नरेन्द्र श्रेष्ठ, बज्रवाराही बचत तथा ऋण सहकारी संस्था र अध्याय रिसोर्टले भने नगद सहयोग गरेका आयोजकले जनाएको छ । 
तालिमका लागि विहानको खाजा, कुखुराको मासु, मायाको चिनो, प्रशंसापत्र, हरियो तरकारी, माछा, खसीको मासु लगायत सहयोगको प्रतिवद्धता भइसकेको संयोजक श्रेष्ठले जानकारी दिए । सबै सहयोग, आम्दानी तथा खर्चको २१ साउनमा हुने तालिम समापन कार्यक्रममा सार्वजनिक परीक्षण(पब्लिक अडिट) गरिने उनले बताए । 
तालिम समापन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीलाई स्काउटबाट दिक्षित गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ ।

Screenshot_20220801-19114-1659360574.png
Screenshot_20220801-19115-1659360599.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg