Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहामा सुरक्षित आप्रवासन कार्यक्रमबारे अन्तरक्रिया

ssssss-1665734094-1024x48-1665757907.jpg

थाहा नगरपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रमबारे स्थानीय  तहका पदाधिकारी र सरोकारवालाहरुसँग एक दिवसीय समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । नगर कार्यपालिकाको हलमा भएको कार्यक्रममा वैदेशिक रोजगारीको वर्तमान अवस्था, समस्या तथा अवसरहरु, सुरक्षित आप्रवासन(सामी) कार्यक्रम, कार्यक्रमबाट प्राप्त उपलब्धीहरु तथा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सेवाहरुलाई दिगोरुपमा सञ्चालनका लागि स्थानीय सरकारहरुको पहलबारे अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा हेल्भेटास नेपालका प्रदेश कार्यालयका कार्यक्रम प्रवन्धक तरुण अधिकारी र सुशासन संयोजक भक्त राईले बैदेशिक रोजगारी, सामी कार्यक्रम र स्थानीय सरकारहरुका पहलबारे प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा थाहा नगरपालिकाका उपप्रमुख गोपालीले सामी कार्यक्रम धेरै महत्वपूर्ण रहेको औल्याउँदै कार्यक्रमलाई सहयोग गर्न कार्यपालिकाका सदस्यहरु तथा सम्बन्धित कर्मचारीहरुलाई आग्रह गरे ।

थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङले आगामी समयमा बैदेशिक रोजगारीबाट सिर्जित समस्याहरुको समाधान गर्न वडा कार्यालयको तर्फबाट बजेट विनियोजन गर्ने बताए ।

समन्वय बैठकले नगरपालिकाको संगठन संरचना संशोधन गरी छुट्टै श्रम तथा रोजगार शाखा स्थापना, श्रम तथा रोजगार कार्यविधि पारित र आवधिक योजनामा सुरक्षित आप्रवासनको विषय समेट्न कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल, सुरक्षित आप्रवासन कार्यक्रम संयोजक अन्जिता थापामगर, रोजगार संयोजक कुमार नेगी, थाहा नगरपालिकाका विषयगत शाखा प्रमुखहरु लगायतको समेत सहभागिता रहेको थियो । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg