pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा संचालित स्काउटको आधारभूत तालिमको समापन,थाहाका उपप्रमुख गोपाली दिक्षित ,

Screenshot_20220806-19203-1659793276.png

Caption

शम्भु अधिकारी ,,थाहापाटी /फोटो श्रीकृष्ण श्रेष्ठ नेपाल स्काउटको थाहा नगरपालिका स्थानीय समितिले ६ दिने ५०५औं बि टि सि ३६७ औं पि टि सि  आधारभूत तालिमको एक भब्य समारोहका बिच समापन गरीयको छ । थाहा नगरपालिका वडा नम्बर १ स्थित झम्केश्वरी माविमा १६ साउन सोमबारबाट तालिम शुरु गरिएको तालिम समापन समारोह स्थानीय स्काउट थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठको अध्यक्षता मा भएको हो।समापन समारोहमा प्रमुख अतिथी नेपाल स्काउटका केन्द्रिय सदस्य बिरेन्द्र ध्वजु ,बिशिस्ट अतिथी थाहा नगरपालिकाका प्रमुख तथा स्थानीय स्काउटका संरक्षक बिष्णु बिष्ट अतिथिहरु नगर उपप्रमुख भरत गोपाली,नेपाल स्काउटका बागमती प्रदेश सल्लाहकार केशरत्न बज्राचार्य ,थाहा नगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी,वडा न १ का अध्यक्ष हेरमान गोपाली,ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनाल,पालुङ्ग जेसिजका अध्यक्ष जयराम खत्री ,प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान ,पालुङ्ग मोर्डन स्कुलका संचालक मनोज रायमाझी ,झम्केश्वरी माबिका प्रअ उद्दब आचार्य ,जनकल्याण माबिका सहायक प्रअ कृष्ण बहादुर बिष्ट ,पालुङ्ग बहुउद्देश्यीय सहकारीका ब्यबस्थापक प्रकाश पौडेल ,बज्रबाराही माबिका प्रअ रमेशमान डङ्गोल,इन्द्रायणी माबिका प्रअ नारायण बहादुर कार्की लगायतका उपस्तिथि रहेको थियो।
समापन समारोहमा ६ दिन तालिममा सहभागी शिक्षक भुमिराज अवस्थीले ६ दिन ५ रात एकै स्थानमा बसि स्काउट लाई बुझ्ने सुनौलो अवसर दियकोमा स्थानीय स्काउट तथा प्रशिक्षक लाई धन्यवाद दिदै स्काउट गतिबिधिमा सदा समर्पित रही नगर भित्र स्काउट गतिविधि लाई प्रोत्साहन गर्न तत्पर रहिरहने बताय।
अर्का सहभागी शसिकला काफ्लेले आफुहरुमा अनुशासन र मर्यादा तथा देशभक्त बन्न यो तालिमले मद्दत गरेको बताउदै आफुले अध्यापन गर्ने विद्यालयमा सिकेको कुरा व्यबहारमा लागू गर्ने बताइन ।प्रमोद सिग्देल ५०५ औं बि टि सि कोर्स लिडर प्रमोद सिग्देलले जीवनउपयोगी शिक्षा स्काउटको माध्यमबाट सिकाउन पाउँदा खुसी ब्यक्त गर्दै तालिममा सिकेको सीप आआफ्नो विद्यालयमा गएर विद्यार्थी भाइबहिनी लाई सिकाउने बिश्वास ब्यक्त गरे ।
समापन समारोहलाइ शुभकामना मन्तब्य दिदै अतिथी नेपाल स्काउट बागमती प्रदेशका सल्लाहकार केशरत्न बज्राचार्यले  
समाजमा आइपर्ने आपदबिपद लाई सहयोगको हेतु स्काउट अत्यन्त आबश्यक रहेको औल्याउँदै एक विद्यालय एक युनिट,एक परिवार एक स्काउट सदस्य निर्माण गर्न तालिमले टेवा दिने बताय।तेसै गरि शुभकामना मन्तब्य राख्दै आजै  दिक्षित हुनुभएका स्थानीय स्काउटका प्रमुख तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले स्काउटको माध्यमबाट थाहा नगरमा सकारात्मक सोचको बिकास हुने अपेक्षा सहित आफू दिक्षित भएपछी आफ्नो जिवनमा ठूलो जिम्मेवारी थपियको महसुस गर्दै ६ दिन सम्म सिकेका स्काउट तालिमलाइ आफ्नो विद्यालय र समाजमा लागुहुने बिश्वास ब्यक्त गर्दै स्काउट सङ सहकार्य गरेर अगाडि बढ्दै निरन्तर सहयोग भैरहने बाचा  ब्यक्त गर्नुभयो।आफ्नो महत्त्वपूर्ण भनाइ राख्दै स्थानीय स्काउटका संरक्षक तथा थाहा नगर प्रमुख बिष्णु बिष्टले स्काउटको महत्व ,भुमिका आबश्यक ठानेर थाहा नगरको सम्पुर्ण स्कुलमा स्काउट स्थापना गर्नको निम्ति थाहा नगरको पहल अनुसार कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्त गर्दै समाजमा रहेका बिकृती बिसङ्गतिको अन्त गर्दै बिपद ब्यबस्थापन मा नगरमा अब्बल ठहरिने बिश्वास ब्यक्त गर्नुभयो साथै मेयर बिष्टले स्काउट गतिबिधि थाहानगरमा बिस्तार गर्नुपर्ने आबश्यकता आफुले देखेको बताउदै बिना बर्दिका सेना स्काउट भएकोले ठिक ढंगले सदुपयोग हुने बिश्वास ब्यक्त,गरे साथै वहाँले थाहा नगरका सम्पुर्ण विद्यालयमा स्काउट स्थापना गर्न थाहा नगर प्रतिबद्ध रहेको बताउनुभयो।आफ्नो महत्वपूर्ण भनाइ तथा तालिममा सहभागी हरुलाइ शुभकामना दिदै प्रमुख अतिथी नेपाल स्काउटका केन्द्रिय सदस्य बिरेन्द्र ध्वजुले एतिहासिक नगर थाहा भित्र स्काउटको तालिम गर्न पाउँदा गर्व लागेको बताउदै  एक घर एक स्काउटको अभियान अन्तर्गत हरेक पालिकामा आधारभुत तालिम सम्पन्न गर्ने अभियान चलिरहदा तालिम पश्चात् आफुले सिकेका तालिमलाइ आफ्नो विद्यालयमा लागू नगर्दासम्म तालिम बाट प्राप्त प्रमाणपत्रको औचित्य नहुने भन्दै सामाजिक रुपमा परिवर्तन गर्न नेतृत्वदायी भुमिका स्काउटले गर्ने हुदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताय।वहाले स्थानीय वा विद्यालय स्तरमा स्काउट बिकासका लागि नितिगत तथा प्राबिधिक सहयोग चाहिय नेपाल स्काउट हरदम तयार रहेको बताउदै ७० बर्षको इतिहासमा बल्ल नेपाल स्काउट स्थानीय तहमा पुगेकोले अब बिस्तारै बिस्तार हुनेमा आसाबादी हुनुभयो ,नेपाल स्काउटका केन्द्रिय संयोजक को तर्फबाट समेत  शुभकामना सन्देश व्यक्त गरेका थिय।झम्केश्वरी माबी मा ६ दिन सम्म चलेको आधारभुत तालिममा नगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका हरु 
स्काउट प्रती देखाउनुभयको सद्भाभ तथा जिम्मेवारी प्रती धन्यवाद ब्यक्त गर्दै थाहा नगरले स्काउटको संस्थागत बिकासमा गरेको सहयोग प्रती हार्दिक आभार ब्यक्त गर्दै अब ब्यक्तित्व बिकासको निम्ति सहयोग रहिरहने कार्यक्रमका अध्यक्ष स्थानीय स्काउट थाहा नगर संयोजक गणेशमान श्रेष्ठले बिश्वास ब्यक्त गरे।थाहा नगरपालिकाका आधारभूत र माध्यमिक विद्यालयहरुलाई लक्षित  गरी तालिमको आयोजना गरिएको स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठले जानकारी दिए पाँच रात छ दिनमा सम्पन्न  तालिममा थाहा नगरपालिकाका आधारभूत र माध्यमिक तहको पठनपाठन हुने सबै विद्यालयको सहभागिता रहेको थियो । तालिममा थाहा नगरपालिकाका १९ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयका शिक्षकहरु, स्थानीय स्काउट समिति र समुदायबाट गरी ६४ जनाको सहभागिता रहेको थियो । सहभागी मध्ये महिला र पुरुषको सङ्ख्या आधा–आधा रहेको  तालिममा चितवनका दुई जनाको सहभागिता रहेको थियो भने छिमेकी पालिका कैलाश ,मनहरी र इन्द्रसरोवरका स्थानिय स्काउटका प्रतिनिधि सहभागी थिय।
तालिममा पुरुषतर्फका कोर्शलिडर प्रमोद सिग्देल र महिला तर्फका कोर्शलिडर मुना तामाङ लामाले प्रशिक्षण दिएका थिय भने अशोक सारु मगर र सुमित्रा लामाले प्रशिक्षणमा सघाएका थिय । त्यसैगरी यसअघि आधारभूत तालिम लिइसकेका ८ जना काउन्सिलरहरु पनि सहजीकरणमा खटिएका छन् । विहान ६ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने आवाशीय तालिमका लागि १२ जनाको स्काउट टिमले भोजन, आवास तथा अन्य व्यवस्थापनमा सहयोग गरिरहेको छ । 
स्थानीय स्काउट समितिका संयोजक श्रेष्ठका अनुसार थाहा नगरपालिका र मातहतका शाखाहरु, स्थानीय संघसंस्था, निजी क्षेत्र र व्यक्तिहरुबाट सहयोग जुटाएर तालिम सञ्चालन गरिएको हो । तालिमका लागि  नगरपालिकाको विपद व्यवस्थापन शाखाबाट चामल र तेल, शिक्षा शाखाबाट रु. ७ हजार बराबरको स्टेशनरी सामग्री, स्वास्थ्य शाखाबाट प्राथमिक उपचार सामग्री र स्वास्थ्यकर्मी, पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाबाट डायरी, कलम र क्लियर ब्याग सहयोग प्राप्त भएको संयोजक श्रेष्ठले बताए । त्यसैगरी, गीताराम केसी, नरेन्द्र अधिकारी, दिपेन्द्र विष्ट, हरि विष्ट, सुदिप अधिकारी, विनोद ढकाल, मधुकर कार्कीसहितको समूहबाट १०० केस मिनिरल वाटर प्राप्त भएको पनि उनले जानकारी दिए । ओखरबजार निवासी धर्म प्रधानले प्याज र मसला, कुटीप्वाकल निवासी अमृत गोलेले ३० किलो आलु, ओखरबजार निवासी हरिहर श्रेष्ठले मसला, रमेश लामिछानेले हरियो तरकारी र सुविसु होमस्टे चित्लाङले सहभागीहरुलाई नुहाउने र भाँडा माझ्ने साबुन सहयोग गरेका छन् । एरोनेट ले ईन्टरनेट ,शिखर सप्लायर्स शिखरकोट,
श्रेष्ठ वेयर सर्टिङ–सुटिङ टेलरिङ वागबजारका नरेन्द्र श्रेष्ठ, बज्रवाराही बचत तथा ऋण सहकारी संस्था र अध्याय रिसोर्टले भने नगद सहयोग गरेका आयोजकले जनाएको छ।
तालिमका लागि विहानको खाजा, कुखुराको मासु, मायाको चिनो, प्रशंसापत्र, हरियो तरकारी, माछा, खसीको मासु लगायत सहयोग आयको संयोजक श्रेष्ठले जानकारी दिए । सबै सहयोग, आम्दानी तथा खर्चको २१ साउनमा भएको  तालिम समापन कार्यक्रममा सार्वजनिक परीक्षण(पब्लिक अडिट) गरीयकोथियो । 
तालिम समापन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीलाई स्काउटबाट दिक्षित गरी स्थानीय स्काउट थाहा नगर प्रमुखको जिम्मेवारी दिइएको थियो भने सहयोगी हरुलाइ प्रसंसापत्र ,सहभागी हरुलाइ प्रमाणपत्र तथा अतिथिहरुलाइ मायाको चिनो प्रदान गरीयको थियो।

 

Screenshot_20220806-19151-1659793686.png
Screenshot_20220806-19153-1659793689.png
Screenshot_20220806-19335-1659793899.png
Screenshot_20220806-19341-1659793900.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...