Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा लेदोजन्य फोहोर व्यवस्थापन अभिमुखीकरण

FB_IMG_1692081187146-1692081355.jpg

मकवानपुर थाहा नगरपालिकामा लेदोजन्य फोहोर व्यवस्थापन र खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । शान्ति नेपाल तथा इन्फोको सहकार्य तथा पालिकाको व्यवस्थापनमा २९ साउनमा भएको कार्यक्रम थाहानगर उपप्रमुख भरत गोपालीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा पालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागहिरुलाई इन्फोका तालिम अधिकृत शोभा राना र डाक्टर कृष्णमान शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रममा लेदोजन्य फोहोर व्यवस्थापनको विषयमा राना र खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धमा डाक्टर शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रमको अवसरमा सहजकर्ताहरुले यि दुवै कार्यक्रमका लागि पालिकाले आफ्नो कानून बनाएर योजनावद्ध रुपमा अघि बढे सफल हुने प्रतिक्रिया दिए । संविधानमै सरसफाइको व्यवस्था उल्लेख भएको र ति सबै कुरा विभिन्न कानूका साथै स्थानीय सरकारको अधिकार क्षेत्रमा समेत उल्लेख रहेकोले पालिकाले ढिलो चाँडो गर्ने पर्ने काम भएको उल्लेख गरेका थिए । कार्यक्रममा सहभागहिरुले विभिन्न विकासका कमहरुका साथै स्वच्छता र सरसफाई सम्बन्धी कार्यक्रम संचालन आवश्यक रहेको औल्याए ।

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले पालिकाले फोहोर व्यवस्थापका लागि पालिकाले पहल गरिरहेको बताउँदै थप अझै काम गर्न आवश्यक रहेको आफूलाई महशुस भएको सुनाए । उपप्रमुख गोपालीले क्रमशः शहरीकरण भैरहेको थाहानगरको सबै किसिमको विकासलाई एकीकृत रुपले समेटेर अघि बढ्ने प्रतिक्रिया दिए । कार्यक्रममा फोहोर व्यवस्थापन तथा खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी कार्यमा शान्ति नेपाल र इन्फोसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । उनले भने–‘नगर र नगरबासीको हितमा काम गर्न हामी हरदम तयार छौं ।’ कार्यक्रम थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले संचालन गरेका थिए 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...