pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा मल वितरण आजबाटै, कोटा बढाउन सक्रिय छौं – उपप्रमुख गोपाली

nagar-1669807135.jpg

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले थाहा नगरमा आएको मल समानुपातिक रुपमा वितरण भईरहेको बताउनु भएको छ । थाहा नगरमा छ्ट्याईएको कोटा भन्दा माग ज्यादा हुँदा वितरणमा समस्या आएको भन्दै माग बढाउन नगरले पहल गरिरहेको बताउनु भएको हो ।
 थाहापाटी सँग कुरा गर्दै उप प्रमुख गोपालीले प्राप्त मल आजैबाट वितरण शुरु भएको र माग बढाउन नगर सक्रिय रुपमा लागि रहेकोले सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । 
थाहा नगरपालिकामा आजैबाट मल विरण शुरु भएको छ । थाहा नगरपालिकालाई प्राप्त ४५ टन मल आजैबाट वितरण शुरु गरिएको हो । मल वितरणको जिम्मा पाएका केहि सहकारीहरुले आजै लगेको  र त्यसलाई भोलिबाट वितरण गरिने तयारी रहेको थाहा नगरपालिका कृषी शाखाका प्रमुख संजय तिवारीले बताउनु भयो । 
यस अघि थाहा नगरलाई प्राप्त भएको ९० टन युरिया र ६० टन डिएपी वितरण गरिसकिएको र हालको ४५ टन पनि वितरण शुरु भईसकेको प्रमुख तिवारीले बताउनु भयो । 
माग अनुसारको सबै कोटा प्राप्त नभईसकेकोले अहिले अभाव देखिएको भए पनि कोटा अनुसारको मल ल्याउन र कोटा बढाउन समेत प्रयास भईरहेको पनि प्रमुख तिवारीले बताउनु भएको छ ।  
समयमै मल नपाएको भन्दै थाहा नगरका किसानहरु आक्रोशित भईरहदा शुरु भएको मल वितरणले किसानलाई राहत पुग्ने भएको छ । 
थाहा नगरको मुख्य नगदेवाली आलु लगाउने समय नजिकिदै गर्दा आवश्यक मल निकासी नभएको भन्दै किसान आक्रोशित भएका हुन् । 
आलु , बन्दा , काउली ,खुर्सानी जस्ता बेमौसमी खेती लगाउने समय आए पनि यस क्षेत्रका कृषकहरू बैज्ञानिक रूपमा परिक्षण नभएको नक्कली मल प्रयोग गर्न बाध्य भएको र सरकारबाट प्रति बोरा ९०० मूल्य निर्धारण गरिएको युरिया मललाई २८०० सम्म तिर्नु परेको स्थानीय किसानहरूले गुनासो छ । 
आलु लगाउँने समय नजिकिँदै गर्दा पनि पर्याप्त रूपमा मल खरिद गर्न नसक्दा किसानहरू फेरि गत वर्ष जस्तै मर्कामा पर्ने सम्भावना बढेको भन्दै थाहा नगरपालिका वडा नम्बर ३ का किसानहरू एकतृत भई नगरपालिका सँग छलफल गर्ने तयारी भएको थाहा ३ का किसान लक्ष्मण बर्तौलाले बताउनु भएको छ ।   

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...