Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

FB_IMG_1695989023227-1695989064.jpg

मकवानपुरको थाहा नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा पालुङ जेसिजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु  विष्टले स्थानीय सरकारको सुशासन प्रवर्द्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले विशेष सहयोग पुग्ने बताउदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व बहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने बताए ।

भ्रष्टाचारले मानिसको इज्जत ,मान, प्रतिष्ठा गुम्नुको साथै राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने बताए। उनले भ्रष्टाचार रोक्न सम्पूर्ण नागरिकहरू जिम्मेवार भएर आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने समेत बताएका छन् ।

कार्यक्रममा सहभागिताहरूले आ-आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए । साथै सहभागीबाट उठेका विभिन्न प्रश्नहरूको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख नरहरी घिमिरेले  दिएका थिए ।

त्यस्तै विषयवस्तु उपर प्रस्तुतिकरण कार्यालयका सचिब गोविन्द गौतम र प्रमुख नरहरी घिमिरेले  गरेका थिए । कार्यक्रममा भ्रष्टाचारको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचार कसूर ठहरिदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य गर्ने शैली, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा छलफल चलाइएको थियो भने स्थानीय तहसंग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासनको प्रवर्द्धनमा स्थानिय तहको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,नगरका १२ वटै वडाका वडा अध्यक्षहरु, गैरसरकारी संस्थाका प्रमुख ,निर्माण व्यावसायि,कार्यपालिका सदस्यहरु नगरपालिका अन्तरगत विभिन्न शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यापकहरु,पालुङ क्याम्पसका प्रमुख,बित्तीय संस्थाका प्रतिनिधि लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

FB_IMG_1695989034421-1695989064.jpg
FB_IMG_1695989031691-1695989087.jpg
FB_IMG_1695989028532-1695989088.jpg
FB_IMG_1695994128042-1695994350.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg