pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा नेपाल जेसीजको स्थापना दिबस मनाईयो।

1726589841689-1726589965.jpg

थाहा, ०१ असोज/नेपाल जेसीजको ६० औं स्थापना दिबसको अवसरमा थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले विविध कार्यक्रम सञ्चालन गरेको छ ।

असोज १ गते शनिवार पालुङ जेसीजले जेसिआई मिसनका बिषयमा अन्तरक्रिया कार्यक्रम, दीप प्रज्ज्वलन र चियपान कार्यक्रम सम्पन्न गरेको छ ।

पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा उक्त कार्यक्रमहरु सम्पन्न भएको हो ।

“युवाहरुलाई नेतृत्व विकासका अवसरहरु प्रदान गर्ने जसले युवाहरुलाई सकारात्मक परिवर्तन सृजनागर्न सशक्त बनाउँदछ ।” भन्ने यस बर्षको जेसिआई मिसनका बिषयमा अन्तरक्रिया भएको हो अन्तरक्रिया कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरु एवम् थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पूर्व अध्यक्ष सहदेब ढकाल, रामप्रसाद ढकाल, सुरेन्द्रमान प्रधान, ओमकर बिष्ट, मनोज रायमाझी, पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र लगायत पालुङ जेसीज बर्ष २०२४का पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाल जेसीज स्थापना दिवसको अवसरमा पालुङ जेसीजले थाहा नगरपालिका थानाबजार स्थित बुद्ध चोकमा दीप प्रज्जवलन गरिएको पालुङ जेसीज बर्ष २०२४का कोषाध्यक्ष सञ्जय गोपालीले बताए ।

दीप प्रज्जवलन पश्चात चियापान कार्यक्रम सहित स्थापना दिवसको कार्यक्रम सम्पन्न भएको पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नारायण कार्कीले बताए ।

आजभन्दा ६० बर्ष पहिले सन् १९६४ मा डा. भेषबहादुर थापा को अध्यक्षतामा नेपाल जेसीजको स्थापना भएको हो ।

नेपाल जेसीज जुनियर चेम्बर इन्टरनेसनल अन्तरगत १८ देखि ४० वर्ष उमेर समूहका सक्रिय युवा नागरिकहरू सदस्य रहने स्वेच्छिक सदस्यतामा आधारित एक अन्तराट्रिय गैर नाफामूलक संस्था हो ।

नेपाल जेसीज अन्तरगत १७८ शाखा अन्तरगत करिव १५ हजार युवा सदस्य रहेका छन् । 

जुनियर चेम्बर इन्टरनेसनल अन्तरगत १२० भन्दा बढी राष्ट्रहरुमा ५ हजारभन्दा बढी शाखाहरु र २ लाखभन्दा बढी सदस्यहरु क्रियाशिल छन् । 

नेपाल जेसीज जुनियर चेम्बर इन्टरनेसनलको सातौं ठूलो सदस्य राष्ट्र हो । युवाहरूको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता क्षमता विकासका लागि क्रियाशिल नेपाल जेसीज नेपालका लगभग सबै जिल्लाहरुमा शाखा स्थापना गरी विविध गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

पालुङ जेसीजको स्थापना सन् २०००मा हेटौंडा जेसीजको मातृत्वमा भएको हो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...