pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा नागरिक सुनुवाई सहित लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया

FB_IMG_1746633589793-1746633864.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालयले थाहामा नागरिक सुनुवाई सहित लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

थाहा नगरपालिकाको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सभाध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको हो ।
थाहा वडा न ३ मा रहेको बिकास घरको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले मकवानपुरमा लागुऔषध कारोवार तथा ओसारपसारका घटना वृद्धि भइरहेको र दैनिक रुपमा लागुऔषध प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको र जिल्ला लागू औषधी कारोबारको हव बन्दै गैरहेकोले चिन्ता संगै सुरक्षा चुनौती थपिएको बताए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काले जिल्लामा आर्थिक बर्ष २०८१/०८२ को चैत्र मसान्त सम्म ४ हजार ३ सय १७ किलो गाँजा,२० किलो २ सय ३१ ग्राम अफिम,४ सय २८ ग्राम खैरो हिरोइन,५१ किलो ७ सय १० ग्राम चरेस,कोरेक्स ३ सय ७७ बोतल,नाइट्राभेट ६० हजार ४ सय ५५ क्याप्सुल,डाइजापाम १६ सय ३२ एम्पुल,र लागुऔषध कारोबारमा प्रयोग भएको ३४ थान सवारीसाधन पक्राउ गरेको जानकारी दिए।
प्रमुख खड्काले यस आर्थिक बर्षको चैत सम्म १ सय ३९ वटा मुद्दा दर्ता गरि २ सय ८ जनालाई पक्राउ गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार जिल्लामा १५ बर्ष देखि २५ बर्ष सम्म उमेर रहेका ५१ प्रतिशतले लागू औषधको प्रयोग गर्ने गरेको तथ्यांक रहेको छ भने २६ देखि ३५ बर्षका २९ प्रतिशत र ३६ बर्ष देखि माथीका २० प्रतिशत लागू औषध प्रयोग गर्ने गरेको छ।
जिल्लामा यो आर्थिक बर्षमा १ सय २० बिघा ४ कठ्ठा  क्षेत्रफलमा लगाइएको गाँजा र ३९ बिघा ८ कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको विवरण प्रस्तुत गरियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलले जिल्ला प्रशासन कार्यालय बाट सम्पादक हुने कार्यको बारेमा प्रस्तुतीकरण दिएका थिए।
तेसै गरि थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पालिकाले गरेका कार्यसम्पादन र प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए।

नागरिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नको जबाफ दिदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अरुको भविष्यमाथी खेलवाड गर्नेलाई बिचरा,कठै भन्ने छुट कसैलाई नभएको बताउदै लागू औषधमा निर्मम भएर अगाडि बढ्नुपर्ने बताउनुभयो वहाँले विशेषगरि स्थानीय तहले लागु औषध खेती र कारोबार रोक्न ध्यान दिनुपर्नेमा जोड दिए।
उनले नेपाल सरकारले कानुन नबनाउन्जेल गाजा रोप्नु,खानु,ओसारपसार गर्नु सबै अबैध रहेको बताउदै यस्मा संका नगर्न आग्रह गर्नुभयो।

कार्यक्रममा विशेषत: नागरिकको तर्फबाट थाहा नगरमा ईलाका प्रशासन कार्यालय,नागरिकता र राष्ट्रिय परिचयपत्र शिविर र लागु औषध कारोबारी पक्राउमा प्रहरीको भुमिका सम्बन्धि प्रश्न गरेका थिए।
उठेका प्रश्नको जबाफ जिल्ला प्रहरी प्रमुख बिश्वराज खड्का,प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले उत्तर दिनुभएको थियो।
कार्यक्रममा ससस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सन्तोष बिक्रम शाह,राष्ट्रिय अनुसन्धान मकवानपुरका उप अनुसन्धान निर्देशक प्रज्वल खड्का,थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,राजनैतिक दलका प्रमुख हरु,जनप्रतिनिधि,कर्मचारी,टोल सुधार समितिका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो।

FB_IMG_1746633597293-1746633864.jpg
FB_IMG_1746633604740-1746633896.jpg
FB_IMG_1746633607564-1746633896.jpg
FB_IMG_1746633631139-1746633941.jpg
FB_IMG_1746633635804-1746634106.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...