pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा नयाँ बन्ने भवनहरु नक्सापास गरेरै बन्नुपर्ने ,अभिलेखिकरण गर्न असार सम्म म्याद

1707014255933-1707014508.jpg

थाहा नगरपालिका क्षेत्रभित्र निर्माण गरिने आवासिय तथा गैर आवासिय भवनहरुको नक्शा पास गर्नैपर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

नयाँ निर्माण हुने भवनहरु नक्सापासको प्रक्रियाबाटै निर्माण शुरु गर्नुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पालिकाले नगर क्षेत्रभित्र रहेका आवासीय औद्योगिक, व्यापारिक, संस्थागत तथा अन्य भवनको नक्सा नियमित अथवा अभिलेखीकरण गर्न पनि सूचनामा भनिएको छ । थाहा नगरपालिका, नगर कार्यपालिकाको गत २२ पुसमा बसेको कार्यपालिका बैठकबाटै निर्णय गरी सूचना जारी गरिएको जनाइएको छ । बैठकको निर्णयानुसार नक्सा पास नगरी निर्माण भएका आवासीय औद्योगिक, व्यापारिक, संस्थागत तथा अन्य संरचनाको नक्सा नियमित अथवा अभिलेखीकरण २०८१ असार मसान्तसम्म म्याद तोकिएको छ ।

पालिकाको निर्णय अनुसार नक्सापास नभएका संरचनाहरुको नक्सा नियमित अथवा अभिलेखीकरण कार्य तोकिएको समयभित्र नगरे पालिकामा निवेदन दर्ता समेत नहुने उल्लेख गरिएको छ । त्यसैगरी भवन निर्माण सम्पन्न भएर अभिलेखीकरण गर्न नआएमा नगरपालिका तथा वडा कार्यालय मार्फत प्रदान गरिने सम्पूर्ण सेवा सुबिधाबाट वञ्चित गराइने समेत सूचना मार्फत जानकारी गराएको छ ।

के चाहिन्छ ? कागनजात ,थाहा नगरपालिकाबाट नक्सापास, नक्सा नियमित अथवा अभिलेखीकरणका लागि सूचनामै विभिन्न कागजात पनि तोकिएको छ ।

पालिकाले प्रकाशन गरेको सूचनामा नक्सापास किताब, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चारकिल्ला सम्बन्धी सिफारिस, वडा कार्यालयबाट घर बाटोको सिफारिस, जग्गाधनीको पासपोर्ट साइजको फोटो २ थान, पुरै मोहडा र तला स्पस्ट देखिने घरको फोटो, नागरिकताको प्रतिलिपि, प्रमाणित सक्कल नापी नक्सा, निर्मित भवनको आर्किटेक्चरल र स्ट्रक्चरल नक्सा, जग्गाको मालपोत कर तिरेको रसिदको प्रतिलिपि नगरपालिकाको भवन इजाजत शाखामा पेश गर्नुपर्नेछ ।

साथै सार्बजनिक जग्गा, नदी, खोला, राजकुलो, सडक मापदण्ड, राजमार्ग अधिकार क्षेत्र भित्र निर्माण भएका कुनै भवन नगरपालिकाले अभिलेखीकरण नगर्ने पनि सूचनामै उल्लेख गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...