pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा नगरप्रमुख र प्रप्रअबीच कार्यसम्पादन सम्झौता

karya-sampadan-1722247557-1722248518.jpg

थाहा नगरपालिकामा आर्थिक वर्ष २०८१।८२ का लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता गरिएको छ । सोमबार नगर कार्यपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख विष्णु विष्ट र प्रप्रअ कृष्ण गिरीबीच कार्यसम्पादन करार भएको हो । 

सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन तथा नियमावली, निजामती सेवा ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन र नेपाल सरकारद्वारा समयसमयमा जारी निर्देशन र परिपत्रहरुमा आधारित भई प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा आर्थिक वर्षभरि सम्पादन गर्ने कार्यहरुको  सम्बन्धमा नगरप्रमुखसँग कार्यसम्पादन करार गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए । 

थाहा नगरपालिकामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएसँगै प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरु सहभागी उक्त कार्यक्रममा शाखा प्रमुखहरुले प्रमुख प्रशासकीय अधिकृत गिरीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौतामा हस्ताक्षरअघि शाखा प्रमुखहरुले आफू र आफ्नो शाखाबाट वर्षभरिमा सम्पादन हुने  कार्यहरुको बारेमा जानकारी गराउँदै करार पत्र वाचन गरेका थिए । 

नगरको संगठनात्मक संरचना अनुसार शाखा तथा कार्यक्रम प्रमुखहरुले कार्यसम्पादन करार गरेको नगरपालिकाका प्रशासन महाशाखा प्रमुख नवीन खालिङले जानकारी दिए । 

थाहा नगरपालिकाको नगर सभाबाट पारित नीति, कार्यक्रम र बजेटको आधारमा शाखाहरुले तयार पारेको आव २०८१।८२ को वार्षिक कार्ययोजना पनि सोमबार नै स्वीकृत गरिएको छ । शाखा प्रमुखहरुले तयार पारेको कार्ययोजना प्रमुख प्रशासकीय अधिकृत गिरीको सिफारिसमा नगर प्रमुख विष्टले स्वीकृत गरेका हुन् ।

कार्यसम्पादन करार र वार्षिक कार्ययोजनाको स्वीकृतिपछि अब उक्त दस्तावेजहरुको आधारमा आव २०८१।८२ को कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए । 

कार्यक्रममा सम्बोधन गर्दै थाहा नगरपालिकाका प्रमुख विष्टले जनताको अपेक्षा, जनप्रतिनिधिहरुको चाहना र कर्मचारीहरुको ज्ञान, कार्यकुशलता, सक्षमता र अनुभव एकाकार हुँदा विकासको गति तीब्र हुने विश्वास व्यक्त गरे । उनले कार्यसम्पादन करारपत्र प्रतिवद्धताको अर्को रुप भएकोले  आफूले हस्ताक्षर गरेको प्रतिवद्धता अनुसार कार्य गर्न आग्रह गर्दै चौमासिक रुपमा त्यसको समीक्षा गरिनेसमेत बताए । 

कार्यक्रममा आफ्नो धारणा राख्दै नगर उपप्रमुख भरत गोपालीले शुसासन नै विकासको पहिलो आधार भएकोले यसतर्फ सदैव सचेत रहन कर्मचारीहरुलाई आग्रह गरे । ‘थाहा नगरको विकास तपाईंहरुको कार्यकुशलताबाट प्रतिविम्बित हुन्छ, तपाईंहरु थाहा नगरको समग्र विकासका क्षेत्रहरुको प्रमुख सारथी हुनुहुन्छ’ उनले भने । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...