pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा तीनवर्षे इन्द्रायणी मेला शुरु

viber_image_2022-12-08_18-1670503323.jpg

मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी चौरमा तीनवर्षे इन्द्रायणीमाई मेला सुरु भएकाे छ  । प्रत्येक ३/३ वर्षमा थाहा नगरपालिका वडा नम्वर ३ इन्द्रायणी चौरमा मेला लाग्ने गर्दछ । मेलाको तयारी पूरा भएपछी रथ इन्द्रायणी मन्दिर तिर झाकी,नेवारी बाजा सहित लगिरहेको स्थानीय निरोज प्रधानले जानकारी दिए । इन्द्रायणीमाईको मन्दिरमा पुगेर पुजाआजा गर्नाले आफूले चिताएको पूरा हुने र माईले सबैको कल्याण गर्ने जनविश्वास रहीआएको छ । ३ दिनसम्म सञ्चालन हुने मेलामा करिव २ लाख भन्दा बढीले अवलोकन गर्ने इन्द्रायणी भगवती काल भैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले जानकारी दिए ।

स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको यस वर्षको मेला मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ । इन्द्रायणी भगवती कालभैरव गुठी संरक्षण समितिको व्यवस्थापनमा हुँदै आएको इन्द्रायणी जात्राको अवसरमा पहिलो दिन इन्द्रायणीमाईको थानमा रथ लैजाने, दोस्रो दिन मुख्य पुजा र तेस्रो दिन रथ फर्काउने चलन रहेको छ । थाहा नगरपालिका २ का देउला र नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् ।

इन्द्रायणीमाई थानमा आज राती पञ्चबली सहित तान्त्रिक विधिबाट पुजा हुने गर्दछ । इन्द्रायणीमाईको पुजा र भाकल गरेमा मनोआकांक्षा पूरा हुने विश्वास रहँदैआएको छ । थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्टले जात्रालाई सभ्य तरिकाबाट सञ्चालन गर्न सहयोग गरिदिन सबै पक्षलाई आग्रह गरेका छन् । मेलाको लागि आग्रा, गोगने, टिष्टुङ, हेटौंडासहित छिमेकी जिल्लाहरु धादिङ, पोखरा, बनेपा, वीरगञ्ज, काठमाडौं लगायत स्थानबाट समेत अवलोकनकर्ता आउने गर्दछन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...