himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहामा तामाङ पाठ्यक्रम पुनर्ताजगी प्रशिक्षण सम्पन्न

428711224_132441562824794-1709730903.jpg

स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ  मातृभाषा शिक्षा कार्यक्रम थाहा नगरपालिकामा सुरु भएपछि तामाङ भाषा लिपि प्रवर्द्धन तथा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम अन्तर्गत तीन दिने पुनर्ताजगी कार्यक्रम थाहामा सम्पन्न भएको छ ।
बुधबार नेपाल तामाङ घेदुङ थाहाका अध्यक्ष दिपेन्द्र  कुमार थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको बिशिस्ट आतिथ्तामा तीन दिने कार्यक्रमको समापन गरिएको हो।

मातृभाषा तथा स्थानीय विषयमा शिक्षा गुणस्तरिय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता भन्ने उद्देश्कासाथ थाहा नगरपालिकामा यो कार्यक्रमको सुरुवात गरिएको थियो ।जिल्लाका १० स्थानीय तहहरु मध्ये मातृभाषा तथा स्थानीय विषयक कार्यक्रम गराउँनेमा पहिलो पालिका थाहा नै रहेको छ ।
कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले मातृभाषामा शिक्षा भनेको व्यक्तिले बोल्ने पहिलो भाषामा पठन पाठन गर्नु  भएको बताउदै  यो विषयले विश्वका विभिन्न देशमा मौलिक अधिकार सरहको अधिकार प्राप्त गरेको र  मातृभाषा भन्दा अन्य भाषाको प्रचलन बढी भएको ठाउँमा मातृभाषा शिक्षाका विषयले महत्त्व पाएका बताएका छन्।

तेसैगरी प्रमुख अतिथी जिसस प्रमुख घलानले मातृभाषामा शिक्षा भनेको विद्यालयमा अध्ययनरत बालबालिकालाई उसैको घरमा बोलिने भाषा बोलेर शिक्षणसिकाइ गर्ने पद्धति भएको बताउदै मातृभाषामा शिक्षा होस् वा तामाङ भाषामा शिक्षा नै किन नहोस् यसको बारेमा माथिल्लो तहदेखि तल्लो तहसम्म समान धारणा हुनुपर्ने बताउनुभयो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगर प्रमुख बिष्टले थाहाको सामुदायिक विद्यालयका कम्तीमा पनि कक्षा १-३ सम्म मातृभाषाको माध्यमबाट शिक्षा दिई त्यसभन्दा माथि मातृभाषा विषय पढाउन सकिने स्थापित मान्यता र सिद्धान्त लाई व्यवहारमा लागू गरेको बताए।

थाहा नगरपालिका  भित्रका छनोटमा परेका ३०  विद्यालयमार्फत एक ,एक जना शिक्षक लगाएतको उपस्थित रहेको कार्यक्रममा प्रशिक्षकमा माृभाषाका भाषा विज्ञ प्रतीक डेङ्सुर,र दर्पण ब्लोनले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा थाहा नगर शिक्षा शाखा अधिकृत सुर्य बहादुर थिङ,जिल्ला समन्वय समिती मकवानपुरका सदस्यहरुको उपस्थिति रहेको थियो।

थाहा नगरपालिका तथा भाषा आयोग काठमाडौको सहकार्य तथा नेपाल तामाङ घेदुङको बागमती प्रदेश समितीको आयोजनामा गएको शैक्षिक सत्र देखि मातृभाषा शिक्षा कार्यक्रम सुरु गरिएको तामाङ घेदुङ थाहाका सचिव मङ्गल तामाङ्ले जानकारी दिए ।
नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम वि सं २०५५ देखि सुरू भएको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रले २४ वटा मातृभाषामा प्राथमिक तहसम्मको पाठ्यपुस्तक तयार गरेको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg