Sunday, 19 May, 2024
कृषि

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,

FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सुरु भएको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख सन्जय तिवारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा तरकारी खेति गरिरहेका किसानहरुको लागि थाहा नगरपालिका कृषि विकास शाखाले तालिमको आयोजना गरेको हो । कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउने उद्धेश्यले उक्त तालिममा पालिकाको प्रत्येक वडाको अगुवा कृषक किसानहरुको सहभागीता रहेको छ ।

तालिममा सहभागीहरुलाई तालिममा व्यवसायिक तरकारी खेती गर्ने तरिका, रोग नियन्त्रणको उपाय लगायतका विषयमा प्रशिक्षण दिईने कृषि विकास शाखाका प्रमुख तिवारीले जानकारी दिनुभयो ।
तालिममा प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन  केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकारी डाक्टर देवराज अधिकारीले सहजीकरण गरिरहनुभएको छ।

 थाहा नगरपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई विगतदेखि नै कृषिको यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गर्दै आईरहेको छ । नगरपालिकाले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न नगरपालिका लागि परेको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताउनुभयो ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...