pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहामा चिया र कफीको व्यवसायीक खेती सुरु 

cover-pic-1690724097.jpg


कृषी र पर्यटनलाई नगरको समृद्धि सँग जोडेको थाहा नगरपालिकाले नगरमा चिया तथा कफी खेती गरेर पर्यटक भित्र्याउने र चिया र कफिको व्यवसायिक खेती गर्न शुरु गरेको छ । देशको राजधानी काठमाडौ बाट  ६५ कि.मि.र प्रदेश राजधानि देखि ६७ कि.मि.मा रहेको थाहा नगरपालिकाको समुदि सतहदेखि ९०० मिटरमा अवस्थित ,समसितोष्ण हावापानि जाडोमा धेरै जाडो अधिकतम तापक्रम ३०.३ डिग्रि सेन्टिग्रेड र न्यनतम तापक्रम २ डिग्रि सेन्टिग्रेड भन्दा कम हुने थाहा नगरमा पर्याप्त मात्रामा जाडो हुने भएकाले चिया र कफी उत्पादन गर्न सकिने भएर परिक्षण शुरुगरिएको हो ।  


थाहा पर्यटकिय नगरि भएकाले नेपालि सिनेमा तथा गित संगित छायंकनकालागि यस नगर धरैको रोजाई छ । अझ नगरमै चिया बगान बनाएर बगान हेर्न  ईलामनै जानु पर्ने बाध्यता थाहामा बन्ने चिया बगानले टार्ने नगर प्रमुख विष्णु विष्टले बताउनु भयो । 
 थाहा नगरमा चियाको परिक्षण आज भन्दा ४ वर्ष पहिले टिस्टुङबा गरि सकएिको छ । सो क्षेत्रमा धमाधन चियाका  बिरुवा रोपी बगान बढाउने काम भईरहेको छ । सो कार्यलाई तिब्रता दिदै नगरले थाहा नगरपवालिका ३ स्थित दम्की दमारमा रहेको नर्सरीमा चिया तथा कफीको व्यवसायिक खेती शुरु गरिएको छ । 


थाहा नगरपालिकामा पनि चिया र कफिकोे व्यवसायिक खेती गर्न  बिरुवा  परिक्षणका लागि रोपीएको छ । थाहा ३ कालीबञ्जार सामुदायिक बन उपभोक्ता समितिको मातहतमा रहेको दमार स्थित नर्शरीमा ४०० बिरुवा टक्दा–७८ नामक चियाको विरुवा र १०० बोट कफि परीक्षणका लागि रोपीएको छ । नेपालमै चियाकफिको उत्पादन भए पनि  हामिले खाने चिया ४,५ नंबरको रही १,२,३,नं.को चिया बाहिरी देशमा निर्यात हुने गरेकोले मानिसहरुले उत्पादन राम्रो गुणस्तरीए चिया खुवाउन स्थित कालिब्ञ्जार  सामुदायिक बन उपभोक्ता समिति ,पदाधिकारी,स्थानिहरुका चिया र कफि खेतीमा जुटेका हुन् । 
नेपालमा ४ प्रकारको चिया उत्पादन हुदै आएको छ  । ति मध्ये टक्दा–७८ नामक चिया थाहाको हावा पानि संग मिल्दोजुल्दो भएकाले थाहालाई आर्थिक उपार्जन संग जोडी र पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने भएकाले चिया र कफि परीक्षण गरि रोपिएको वन समितिका अध्यक्ष कमल कुमार केसीले बताउनु भयो । 
मौशमका कार्ण थाहामा ६ महिना मात्रै तरकारी उत्पादन हुने गर्दछ । बेमौशमी तरकारीको लागि प्रख्यात थाहा नगरमा ६ महिना मात्र तरकारी खेती गरिन्छ ।  खास गरि हिँउदमा चिसोका कारण् नगर क्षेत्रका खेत बारी बाझोनै रहन्छ  । तर चिया भने बहुबर्षिय बाली भएकाले रोपेको ३ बर्ष देखि उत्पादन दिने र ४ बर्ष पुग्दा पुर्ण रुपमा बयष्क भई पुर्ण उत्पादन हुने भएकाले यो उपयोगी हुने मानिएको छ  । 
चियाको बिरुवा समसितोष्ण हावापानिमा रहने हुँदा थाहामा पनि यस्लाई व्यवसायिक उत्पादन सँग जोड्न सके फाईदा हुने देखेर यसको खेति प्रवद्र्धनमा नगर लागेको नगर प्रमुख विष्टले बताउनु भयो । 
परिक्षणका लागि रोपिएको चियाको मुना बर्षमा २८ देखि ३० पटक सम्म टिप्न मिल्ने समितिका कोषध्यक्ष पुण सिं पाख्रिन बताउनु हुन्छ ।


 

https://www.thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...