Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहामा कृषि विश्व विद्यालय स्थापना गर्न जोड गर्नुस,म सहयोग गर्छु:-मुख्यमन्त्री

byanar1-1701355281.jpg

मकवानपुरको थाहानगरको इन्द्रायणी चौरमा चौथो थाहा महोत्सव शुरु भएको छ । मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा १२ दिनसम्म सञ्चालन हुने कृषि पर्यटन व्यापार मेला–चौंथो थाहा महोत्सवको १४ मंसिरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेका हुन् ।

महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका जमकट्टेलले प्रदेशका ८५ वटा स्थानीय तहलाई भौगोलिकताको आधारमा कृषि पकेट क्षेत्र बनाउन लागेको उल्लेख गरे।उनले थाहा नगरपालिका लाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्ने बताउदै थाहामा कृषि बिश्वबिद्धालय स्थापना को आवश्यकता औल्याउँदै २० गते सम्म बागमती प्रदेश सरकार समक्ष प्रस्ताव लिएर आउन आग्रह गर्दै थाहामा कृषि बिश्वबिद्धालय बनाउने मंचबाटै उद्घोष गरे।
उनले थाहा नगरपालिकाको समृद्धिको ढोका रहेको थानकोट चित्लाङ सडकमा राजनिती भएको बताउदै उक्त सडक प्रदेश मातहतमा आए बन्न सक्ने भन्दै संघीय सरकारले सो सडक नबनाउने नियत राखेको बताए।
अर्का अतिथी बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले मेला महोत्सवले आर्थिक गतिविधि एवं स्थानीय वस्तु, सेवा र कला संसकृतिको प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गरे।
 कार्यक्रममा मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद महेशकुमार बर्तौलाले आफूले रोष्टममै पुगेर मकवानपुरमा अति आवश्यक रहेको योजना बारे जानकारी गराउँदा पनि रकम नछुट्याएर सरकारले अन्याय गरेको उल्लेख गरे ।


थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश साँसद प्रेमबहादुर पुलामी छिन्तु, नेकपा एमालेका अच्युत्तमप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल, थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका विजय सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

महोत्सव उद्घाटनअघि थाहानगरको ओखरबजारबाट विशेष झाँकी र बाजागाजासहित विशाल शोभायात्रा गरिएको थियो । शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरुसहित थाहा खैजडी भजन, महिला पन्चेबाजा, महिला खैजडी भजन, तामाङ ढ्यांग्रो नाच, महिला समूहहरु, स्थानीय स्काउट लगायतको सहभागिता रहेको थियो 

 

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg