Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहामा कहाँ बाट आउँछ किङ्ग कोब्रा जातका सर्प

Screenshot_20220720-08080-1658284182.png

दावा सेर्पा थाहापाटी/ बिश्वब्यापी रुपमा बढिरहेको तापक्रम संगै ठाउँ अनुसार यसका नकारात्मक तथा सकारात्मक असरहरु देखा परिरहेका छन् । अत्यधिक गर्मीको कारण त्यस्ता  क्षेत्रहरूबाट शितल स्थान  तर्फ  प्रायः जंगली जनावरहरु अस्थायी रूपमा बसाइ सर्न थालेका छन् । यसको केही उदाहरण हाल हाम्रो थाहा नगरमा देख्न सकिन्छ । गत हप्ता मात्र थाहा-५ तसरमा एसियाली किङ्ग कोब्राको जोडि देखा परेको थियो। गाउँ नजिकैको जङ्गलमा ठूलो रुखको फेद मुनि  गुँड बनाई अन्डा कोरली बसिरहेको अवस्थामा देखेको स्थानीय सुमन वाइबाले बताए । हेर्दा करिब १५ फूट लामो देखिने  सो सर्प त्यहाँ  ७ दिनसम्म फ्यानको मारेर बसेको र पछि हेर्ने जाने मानिसहरुको उपस्थिती धेरै भएपछि त्यहाँबाट भागेको थियो। सर्प बसेको स्थानमा स्थानीयहरुले खोतलेर हेर्दा ३६ वटा अन्डा भेटाएका थिए। ती सबै अन्डाहरु बच्चाहरुले  फुटाईदिएको र केही अन्डामा सर्पको भ्रुण बिकास भैसकेको प्रत्यक्षदर्शीहरुले भने।

संसारमा पाइने सबैभन्दा ठूलो र लामो अति बिषालु सर्पको जात  किङ्ग कोब्रा हो। यसको एक थोपा न्युरोटक्सिन  विषले २० जना मानिस या एक वयस्क हात्तीको ज्यान लिन सक्तछ। यो जातको सर्पले २०-४० वटा अन्डा पार्दछ भने  सर्पको जाति मध्य किङ्ग कोब्राले मात्र पात-पतिङ्गरको गुँड बनाई अन्डा कोरल्ने गर्दछ।  यो जातको सर्पको प्रमुख बास स्थान पुर्बी र दक्षिणी एसिया हो। 

२ वर्ष अघि थाहा नगरपालिको चित्लाङ्गमा  पनि किङ्ग कोब्रा देखिएको थियो र वन्यजन्तु संरक्षण बिभागलाई खबर गरि सो कोब्रालाई सुरक्षित स्थानमा लगिएको थियो। यसरी थाहा नगरको अन्य स्थानहरुमा पनि किङ्ग कोब्रा देखिएको घटनाहरु प्रत्येक वर्ष देख्न र सुन्नमा आएको छ तर सर्पको टोकाइबाट  हालसम्म कुनै पनि घटना भने घटेको छैन। यदि यस  जातिको सर्पलाई यहाँको हावापानी पच्ने रहेछ भनी नगरपालिकाले कुनै एक सुरक्षित क्षेत्र छुटाई यी जातको सर्पको संरक्षण गर्नुपर्दछ, जसले गर्दा पर्यटन प्रवर्द्धन,औसधि उत्पादन एवम् वातावरण संरक्षणमा पनि अमुल्य योगदान गर्नेछ ।

Screenshot_20220720-08075-1658284183.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg