Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा आन्तरिक राजस्वको कर शिक्षा

FB_IMG_1709815211672-1709815241.jpg

आन्तरिक राजस्व कार्यालय हेटौंडाको आयोजना र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा थाहानगरका सहकारी संस्था, व्यवसायीका प्रतिनिधिहरुलाई आन्तरिक राजश्व कार्यालय हेटौडाका अधिकृतबाट कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली थाहानगर उद्योग वाणिज्य संघका सभापति पुरुषोत्तम ढकाल,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट लगायतका उपस्थिति रहेको थियो।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर बिष्टले सरकार सञ्चालनको मेरुदण्ड राजश्व नै रहेको हुँदा सबै व्यवसायीहरुलाई इमान्दारिताका साथ करको दायरमा आउन आग्रह गरे । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत गुणराज भण्डारी,कर अधिकृत प्रेम प्रसाद तिम्सिना,कर अधिकृत कमल प्रसाद अर्यालले  सहजीकरण गरेका थिए ।

कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका सभापति पुरुषोत्तम ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागी करदाताहरुले नेपालको कर प्रणालीमा रहेका जटिलताको अन्त्यका लागि नीतिगत सुधार गर्दै अध्याधुनिक करप्रणालीमा देखिएका जटिलताको सहज समाधानको व्यवस्था गर्न माग गरेका थिए भने थाहा नगरमै कर सेवा कार्यालयको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए।
सरकारको राजस्व बढाउने र व्यवसायीलाई करको दायरमा ल्याउन, समयमै नवीकरण गर्ने उद्देश्यले कर शिक्षा दिन थालिएको आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले बताए।

FB_IMG_1709815188632-1709815241.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...