Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा अव्यवस्थित बसोबास तथा भुमिहिनको लागि सूचना खुल्यो

DSCN4807-1708181380.JPG

 

राष्ट्रिय भूमि आयोगल भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन खुलाएको छ । आयोगको सूचनामा आधारमा थाहा नगरपालिकाले नगर क्षेत्रका यस अघि निवेदन दिन छुटेका भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भर्न आव्हान गरेको छ ।

आउँदो ५ चैत्रसम्म थाहा नगरपालिका कार्यालयमा छुटेकाहरुको निवेदन संकलन गरी अनलाईन अद्यावधिक गर्ने थाहा नगरपालिका प्रशासन शाखाले जनाएको छ । तोकिएकै मितिभित्र निवेदन पेश गर्न नगरपालिकाले आग्रह गरेको छ । पालिकाको सूचनामा यो अन्तिम पटकका लागि सूचना प्रकाशन गरिएको समेत जनाएको छ ।

निवेदन फारम भर्नका लागि भूमि आयोगको अनुसार परिवारमूली र नागरिकता प्राप्त परिवारका अन्य सबै सदस्यको नेपाली नागरिकताको प्रमाणप्रत्रको प्रतिलिपि अनिवार्य आवश्यक पर्नेछ भने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी बाहेकका निवेदकका लागि आफू र आफ्नो परिवारका सदस्यहरुको नाममा रहेको सबै जग्गाको पुर्जाको प्रतिलिपी पेश गर्नुपर्नेछ । सूचना अनुसार जग्गा उपभोगको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ ।

उपभोगको प्रमाणहरुमा विद्युत/ पानीको महसुल तिरेको रसिद, थाहा नगरपालिका वा वडा कार्यालयमा सम्पत्ती कर÷बहाल विटौली कर तिरेको निस्सा÷रसिद, घरमुली (दम्पत्ती मध्ये कोही) मृत्यू भएको भए मृत्यू दर्ताको प्रतिलिपी, घरमुली (दम्पत्ती ) को छुट्टाछुट्टै पासपोर्ट साइजको फोटो एक/एक प्रति, वडा कार्यालयको सिफारिस, भोगचलन गर्न दिएको प्रमाण भए सोको एक प्रति, उपलब्ध अन्य प्रमाणहरुको प्रतिलिपी फारमका साथ पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...