pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरमा 'मेयरसँग बालबालिका' कार्यक्रम,मेयरसंग बालबालिकाको भलाकुसारी

448018865_137609488974668-1717951877.jpg

थाहा नगरपालिकाका नगरप्रमुख विष्णु विष्टलाई नगरका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाले दर्जनौं प्रश्न सोधेका छन् । स्थानीय स्काउट कार्यकारी समितिले जेसीज हलमा नगरमै पहिलोपटक आयोजना गरेको मेयरसँग बालबालिका कार्यक्रममा बालबालिकाहरुले नगरप्रमुखलाई प्रश्न सोधेका थिए ।

कार्यक्रमको शुरुमा मञ्चमा बसेका ४ जना बालबालिकाले सँगै रहेका नगरप्रमुख विष्टलाई उनको बाल्यकालको स्वभाव, बाल्यकालको सपना, रुची आदिका बारेमा भलाकुसारी गरेका थिए । त्यसैबीच उनीहरुले आर्थिक कमजोरीका कारण स्काउट पोशाक किन्न नसकेर आफ्ना कतिपय साथीहरु स्काउटमा आउन नसकेको गुनासो गरेका थिए । जवाफमा नगरप्रमुख विष्टले यो विषय नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर लैजाने प्रतिवद्धता जनाए ।

नगरप्रमुखलाई दर्शकदीर्घा हलमा अटाइनअटाइ बालबालिकाले विभिन्न प्रश्नहरु गरेका थिए । उनीहरुको प्रश्न, जिज्ञासा र गुनासो समग्रमा बाल अधिकार र बालमैत्री स्थानीय शासनका विविध क्षेत्रहरुसँग सम्बन्धित रहेको देखिन्थ्यो । विभिन्न १५ विद्यालयबाट आएका स्काउट बालबालिकाहरुले विद्यालय आउनजान घण्टौं हिड्नुपर्ने, राष्ट्रपति रनिङ शील्डका लागि विद्यालयमा पर्याप्त तयारी गर्न समयको अभाव, विपद व्यवस्थापनमा बालबालिकाप्रति नगरको प्राथमिकता, बीचमा पढाइ छाड्ने समस्या, ड्रप आउट भएका बालबालिकाका खोजी तथा उनीहरुलाई जीवन उपयोगी सिप प्रदान गर्ने विषय आदिसँग सम्बन्धित प्रश्न तथा सुझावहरु राखेका थिए ।

त्यसैगरी बालबालिकाको सम्बन्धमा योजना निर्माण गर्दा बालबालिकाको सहभागिता, विद्यालयमा कक्षा १० सम्मकै विद्यार्थीहरुलाई दिवा खाजा खुवाउने विषय, विद्यालय व्यवस्थापन समिति र स्वास्थ्य व्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व, थाहा नगरपालिका बालमैत्री घोषणाको तयारी, बालविवाह, कारण, असर र न्यूनीकरणका उपाय तथा योजनाहरु, एसइ र प्लस टुपछि अध्ययनलाई निरन्तरता दिने र परामर्श कार्यक्रम सञ्चालन गर्ने विषय आदिमा बालबालिकाको प्रश्न केन्द्रित थियो । उनीहरुले विद्यालयमा वितरण भइरहेको स्यानेटरी प्याडको गुणस्तरीयता,  विद्यालयमा खानेपानीको अभाव, पर्याप्त शौचालयको अभाव, समुदायमा कतिपयले कुवा, पोखरीकै पानी खान बाध्य भइरहेको विषय आदि सवाल उठाएका थिए ।

नगरप्रमुखले बालबालिकाको प्रश्न आउनेवित्तिकै सम्बोधन गरेका थिए । कार्यक्रममा ३ वर्षपछि तपाईंको कार्यकाल सकिएर मेयरबाट विदाई हुँदै गर्दा हामी बालबालिकालाई के दिएर जानुहुन्छ भन्ने एक बालिकाको प्रश्नमा उनले म सुशासन र समृद्धिको आधार छाडेर जान्छु भनी जवाफ दिएका थिए ।

कार्यक्रममा बालबालिकालाई सम्बोधन गर्दै नगरप्रमुख विष्टले श्रोत र साधनले भ्याएसम्म नगरपालिकाले बालबालिकाको क्षेत्रमा प्रत्यक्ष तथा परोक्षरुपमा थुप्रै कामहरु गरेको उदाहरण प्रस्तुत गरेका थिए । उनले अहिले नगरपालिकाको बाल प्रोफाइल तयार पार्ने काम भइरहेको र त्यसको आधारमा बालमैत्री स्थानीय शासनका दृष्टिले हाम्रो अवस्था विश्लेषण र स्थितिपत्र जारी गरी आगामी योजना तयार पार्ने स्पष्ट पारे । साँचो अर्थमा बाल मैत्री नगर घोषणाका लागि आफूहरु लागि परेको बताउँदै उनले यसको लागि सरकार, समुदाय, नागरिक समाज, गैरसरकारी संस्था सबैको सहकार्यको आवश्यकता रहेको औंल्याए । उनले अनिवार्य तथा निःशुल्क शिक्षा, पूर्ण खोप,  पूर्ण संस्थागत सुत्केरी, एक घर एक धारा जस्ता बालबालिका केन्द्रित अभियानहरु चलेको जानकारी दिए ।

सम्बोधनका क्रममा नगरप्रमुख विष्टले बालबालिकालाई उत्प्रेरणामूलक सन्देशहरु प्रवाह गरेका थिए । स्काउट पोशाकमा आएका बालबालिकाहरुले नगरप्रमुखलाई शालीनतापूर्वक प्रश्न राखेका थिए । कार्यक्रमअघि ‘मेयरसँग बालबालिका कार्यक्रम’को नगरप्रमुख विष्टको तस्विर अंकित स्काउट स्कार्फ सार्वजनिक गरिएको थियो ।

करिब ३०० बालबालिकाहरुसहित ३५० बढी सहभागिता रहेको कार्यक्रममा मेयर र बालबालिकाको सम्वाद पछि सम्बोधन गर्दै नगर उपप्रमुख भरत गोपालीले कार्यक्रम  ऐतिहासिक र प्रभावकारी रहेको उल्लेख गरे । उनले अनुशासनपूर्वक प्रभावकारी ढंगले प्रश्न सोधेका बालबालिकाको खुलेर प्रशंसा गरे । स्थानीय प्रमुख स्काउट तथा स्थानीय स्काउट परिषदको अध्यक्षसमेत रहेका उनले स्काउटको माध्यमबाट थाहानगरका बालबालिकाहरुमा सहयोगी भावना, मित्रता, भातृत्व, विनम्रता, अनुशासन र आज्ञाकारिता वृद्धि भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य अशोक सारु मगर, थाहा नगरपालिकाका प्रवक्ता हिरेन्द्रकुमार रायमाझी, नगर शिक्षा अधिकारी माधवविक्रम मल्ल, शाखा प्रमुखहरु, प्याब्सन थाहा अध्यक्ष सुरेन्द्रमान प्रधान, प्रदेश सहकारी संघका सञ्चालक विमलकुमार ढकाल, प्रहरी निरीक्षक श्याम थापामगर, हेटौंढा उपमहानगरपालिका स्थानीय स्काउट समितिका स्थानीय प्रमुख आयुक्त अनिल आचार्य, लायन्स क्लब अफ पिस थाहाका अध्यक्ष गीता कार्की, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, पत्रकार शम्भु अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

स्थानीय स्काउटका सुशासन, श्रोत विकास तथा वित्त आयुक्त कुमार नेगीले सञ्चालन गरेको कार्यक्रम स्थानीय प्रमुख आयुक्त गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको थियो । 

448018252_137609552307995-1717952655.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...