Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहानगरमा फागुन २७ बाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

download-1615359027.jpg

 

थाहा नगरपालिकामा २७ फागुनदेखि राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी भएको आयोजकले बताएको छ । थाहा नगरपालिका वडा नम्बर १ मा रहेको सुनौला माविमा प्रतियोगिता संचालन हुने थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताए । प्रतियोगिता व्यवस्थापन गर्ने विद्यालय सुनौला माविका प्रधानाध्यापक कृष्णप्रसाद लामिछानेका अनुसार–‘२७ फागुन विहान ११ बजे मार्चपाससहित प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम छ ।’ प्रतियोगिता सुनौला माविको खेल मैदान तथा बाराही चौरको खेल मैदानमा हुने लामिछानेले बताए । 

थाहा नगरका ६ संस्थागतसहित १७ वटा माविका कक्षा १० सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता सहभागी हुनेछन् । थाहानगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत राष्टूपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा दौड १०० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, तथा ३ हजार मीटर दौड हुनेछन । त्यस्तै छात्र छात्रा रिले दौड १ सय    मिटर, ४ सय मिटर, छात्र छात्रा हाईजम्प, छात्र छात्रा त्रिपल जम्प, छात्र छात्रा सटफुट तथा मार्चपास रहेका छन् । यसवर्ष सितेरियो कराते पनि प्रतियोगितामा रहेको छ । 

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी हुने मेयर कप भलिबल भने छात्र र छात्रातर्फ हुने थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत प्रथम हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत मार्चपास तथा भलिबल प्रतियोगिताको अकं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडि समग्र प्रतियोगिताको विजेता घोषणा गरिनेछ ।

यसैबीच थाहा नगरपालिकाको जनकल्यण माविमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ । थाहा नगरपालिका क्षेत्रका १० विद्यालय सहभागी प्रतियोगिताका विजेता विद्यालयले २५ हजार रुपियाँ नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १५ हजार र ५ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 
जनकल्याण माविकाु खेल मैदानमा संचालन भएको प्रतियोगिताको २२ फागुनमा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रम थाहानगर खेलकुद विकास समितिका अध्यक्ष राजेश केसीको सभाध्यक्षतामा भएको थियो । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg