pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरमा प्रदेश बजेटः ७५ वटा योजना स्वीकृत (कुन योजनालाई कति बजेट ? हेर्नुहोस वडागत नामावली)

FB_IMG_1686487797287-1687054809.jpg

बागमती प्रदेश अन्तर्गतका विषयगत मन्त्रालय र निकायगत योजनामा थाहा नगरपालिकाको ७५ वटा योजना समावेश भएका छन् । बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको बजेट पुस्तिकामा यि योजनाहरु समावेश गरिएको हो । सबै योजनाका लागि ५४ करोड ५० लाख १६ हजार रुपियाँ बजेट विनियोजन भएको छ ।

बजेट पुस्तिकामा समेटिएको योजनाहरु अन्तर्गत सबैभन्दा बढि वडा नम्बर ७ उल्लेख भएका १३ वटा र सबैभन्दा कम वडा नम्बर १० को एउटा मात्र योजना समेटिएको छ भने साझा प्रकृतिका तथा पालिकासंग सम्बन्धीत १० वटा योजना स्वीकृत भएको छ । योजनाहरु अन्तर्गत वडा नम्बर १ मा ४ वटा योजनाका लागि ४८ लाख रुपियाँ बजेट विनियोजन भएको छ । वडा नम्बर २ मा ६ वटा योजनाका लागि ६८ लाख, वडा नम्बर ३ मा ७ वटा योजनाका लागि ३ करोड ४४ लाख, वडा नम्बर मा ४ मा ५ वटा योजनाका लागि १ करोड १० लाख, वडा नम्बर ५ को ३ वटा योजनाक लागि २८ लाख बजेट स्वीकृत भएको छ ।

त्यसैगरी वडा नम्बर ६ को ११ वटा योजनाका लागि २ करोड ६ लाख रुपियाँ बजेट विनियोजन भएको छ भने वडा नम्बर ७ को १३ वटा योजनाका लागि २ करोड १ लाख, वडा नम्बर ८ को २ वटा योजनाका लागि ३५ लाख, वडा नम्बर ९ को ७ वटा योजनाका लागि ९५ लाख, वडा नम्बर १० को एउटा योजनाका लागि १० लाख, वडा नम्बर ११ को २ वटा योजनाका लागि ३५ लाख र वडा नम्बर १२ को ४ वटा योजनाका लागि ७० लाख रुपियाँ बजेट स्वीकृत भएको छ ।

त्यस्तै पालिकास्तरीय साझा प्रकृतिका, अन्तरवडा र अन्तरपालिका सम्बन्धी १० वटा आयोजना बजेट पुस्तिकामा समावेश भएका छन् । यि योजनाहरुका लागि ४१ करोड ४८ लाख ५० हजार रुपियाँ बजेट स्वीकृत भएको छ ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...