Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरमा दलित लक्षित कार्यक्रम सम्बन्धी अन्तरक्रिया

dalit1-1670909748.jpg

राष्ट्रिय दलित आयोगको आयोजना तथा थाहा नगरपालिका मकवानपुरको समन्वयमा स्थानीय तहमा दलित लक्षित कार्यक्रम तथा सेवा प्रवाहको सम्बन्धमा अन्तरक्रिया भएको छ । २५ मंसिरमा भएको कार्यक्रम नगर प्रमुख विष्णु बहादुर विष्टको सभाध्यक्षतामा भएको थियो । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थाहानगर उपप्रमुखको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आयोगका प्रवक्ता समेत रहेका पुर्कुटीले थाहा नगरपालिकाले दलित लक्षित गरेर संचालन भएको कार्यक्रमको प्रशंसा गरे । उनले पालिकाले संचालन गरेको आयआर्जनका कार्यक्रमहरु, दलित उच्च शिक्षा छात्रवृत्तिलगायतको कार्यक्रम अन्य पालिकाले पनि सिक्नुपर्ने बताए । पुर्कुटीले दलित तथ्याङ्क प्रोफाइल निर्माण गरी योजना तर्जुमा र अन्य निर्णायक तहमा कानूनले दिएभन्दा बढि सहभागिता गराउन सुझाव दिए । उनले भने–‘कानूनले तोकेको काम त तपाइहरु गर्नु नै हुन्छ, त्यो भन्दा बढि सहभागिता गराएर बढि बजेट विनियोजन गरी कार्यक्रम सम्पन्न गर्न बाधा पर्दैन ।’ कार्यक्रममा नगर प्रमुख विष्ट तथा उपप्रमुख भरत गोपालीले नगरपालिकाले दलित लक्षित कार्यक्रम संचालन गरिरहेको र थप अझ प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने योजना सुनाए । सो अवसरमा प्रमुख विष्टले संवैधानिक अधिकारलाई पालिकाले अधिक्तम प्रयोग गरी लक्षित समुदायको सहभागिता र विषयमा ध्यान दिएर कार्यक्रम संचालन गरिरहेको बताए । उनले दलित समुदाय थप आफै चनाखो हुन आवश्यक रहेको औल्याए । कार्यक्रममा थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछाने, सूचना अधिकारी सुरज कुमार भुजेल, सुशासन तथा संस्थागत विकास समितिका संयोजक विष्णु बहादुर गुरुङ, थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा तथा विभिन्न वडाका दलित महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...