pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरमा खानेपानी सम्बन्धी ३ दिने ग्रामिण मर्मत संभारकर्ता तालिम शुरु

FB_IMG_1727793498089-1727831424.jpg

मकवानपुर थाहा नगरपालिकामा खानेपानी सम्बन्धी ३ दिने ग्रामिण मर्मत संभारकर्ताको तालिम १५ असोजबाट शुरु भएको छ । थाहाको थानाबजार स्थित गंगा होटलमा तालिम शुरु भएको हो ।

च्वाइस नेपाल, थाहा नगरपालिका र स्थानीय समुदायको साझेदारीमा निर्माण भएको र निर्माणाधीन खानेपानी पारियोजनाको दिगो संचालन एवम् व्यवस्थापनका लागि तालिम आयोजना गरिएको हो । डोटरा हिलिङहेन्ड फाउन्डेसन, रोटरी क्लब अफ काठमान्डौको सहयोग संचालन भएको सो तालिममा १७ जनाको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई खानेपानी प्राविधिकहरु मेनुका थापा र सुभाष मरहट्टाले सहजीकरण गरिरहेका छन् ।

तालिमको थाहा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा ११ नम्बर वडाअध्यक्ष दिनेश बलले उद्घाटन गरेका थिए । कार्यक्रममा च्वाइस नेपालका पालुङ टिम लिडर प्रताप घिमिरेले अतिथीहरु तथा सहभागीलाई तालिमको उद्देश्य जानकारी गराउँदै सबैलाई स्वागत गरेका थिए । उनले खानेपानी आयोजनाको दिगो सञ्चालनका लागि सामुदायिक मर्मत संभारकर्ताको भूमिका महत्वपूर्ण हुने बताए ।

सो अवसरमा ११ नम्बर वडाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष दिनेश बलले थाहानगरको खानेपानी तथा अन्य विकासको कार्यमा च्वाइस नेपालको योगदान महत्पूर्ण रहेको बताए । बलले टिष्टुङ आग्रा जस्ता पालिकाको दुर्गम भनिएका क्षेत्रमा खानेपानी सुविधा पु¥याएर निकै सहयोग गरेको उल्लेख गरे ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकालले च्वाइस नेपालले महिलाहरुलाई आयआर्जन तथा कृषि क्षेत्रमा सहयोग गर्दै आएकोमा व्यक्तिलाई सीपसहित दक्ष बनाउने काम गरेकोमा आभार व्यक्त गरे । मानिसको दैनिकी पानी बिना अघि बढ्न नसक्ने उल्लेख गर्दै यति धेरै संवेदनशील विषयको दीगोपनको लागि काम गर्नु प्रशंसनीय भएको बताए । उनले च्वाइस नेपाल थाहानगरमा काम गर्ने उदाहरणीय गैरसरकारी संस्था भएको उल्लेख गरे ।

थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेलले थाहा नगरपालिकाको खानेपानी पूर्वाधार विकासका लागि च्वाइस नेपालको योगदान उच्च रहेको बताए । निर्माण भएका योजनाहरुलाई दीगोपनाको लागि सामुदायिक मर्मत संभारकर्तालाई सिपालु बनाउने काम अझ महत्वपूर्ण रहेको उनको भनाइ थियो । आयआर्जन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै आएको च्वाइस नेपाल नगरपालिकाको विकास साँझेदारकै रुपमा रहेको उनको भनाइ थियो । थाहा नगरपालिकाका सूचना अधिकारी समेत रहेका भुजेलले नगरपालिकाले एकद्वार प्रणालीबाट खानेपानी व्यवस्थापन गर्नका लागि बोर्ड गठन गरिएकोले छरिएर रहेका खानेपानी समितिहरुलाई बोर्डमा हस्तान्तरणका लागि अपील गरे । आफ्ना नागरिकहरुलाई शुद्ध खानेपानी वितरण गर्ने सोच हुँदाहुँदै पनि खानेपानी परीक्षण गर्ने ‘मिनी ल्याब’ समेत स्थापना गर्न नसक्दा सबै मुहानको पानी परीक्षण गर्न कठिनाइ भएको बताए । उनले काठमाण्डौ तथा हेटौंडा लगेर खानेपानी परीक्षण गर्दा खर्चिलो र कठिनाइ भएको बताउँदै खानेपानी परीक्षण गर्नका लागि पालिकास्तरमा ‘मिनी ल्याब’ स्थापनाका लागि च्वाइस नेपाललाई सहयोग गरिदिन आग्रह गरे ।

च्वाइस नेपालका ग्रामिण विकास विशेषज्ञ कुल प्रसाद तिवारीले संचालन गरेको कार्यक्रममा थाहा नगरपालिकाका कार्यपालिका सदस्य जनक विक, प्रशिक्षकहरु, खानेपानी उपभोक्ता संस्थाका पदाअधिकारीहरु लगायतकाको उपस्थिती रहेको थियो । च्वाइस नेपालले थाहा नगरपालिकामा ७ वटा खानेपानी योजना निर्माणका लागि सहयोग गरेको छ भने शिक्षा, स्वास्थ्य, कृषि तथा विभिन्न आयआर्जनका कार्यक्रमहरुलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

FB_IMG_1727793500685-1727831424.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...