Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहानगरको वडा नम्बर ११ मासहित ३ जिल्लामा १२ स्वास्थ्य संस्था शिलान्यास हुँदै

DLPUi-1612227954-1612245795.jpg

मकवानपुरसहित ३ जिल्लामा १२ स्वास्थ्य संस्था २० माघमा एकै दिन शिलान्यास हुने भएका छन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९भवन० मकवानपुरले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी मंगलबार मकवानपुरसहित ३ जिल्लामा १२ वटा स्वास्थ्य संस्था शिलान्यास हुने भएका हुन् ।

पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख तुलसीराम खर्बुजाले मकवानपुरका ४, नवलपुरका ४ र परासी जिल्लाका ४ गरी १२ वटा स्वास्थ्य संस्थाको शिलान्यास हुन लागेको जानकारी दिए । भुकम्पबाट क्षति पुगेका मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ स्वास्थ्य चौकी, राक्सिराङ गाउँपालिका वडा नम्बर ८ को खैराङ स्वास्थ्य केन्द्र, बकैया गाउँपालिका वडा नम्बर २ को धियाल स्वास्थ्य चौकी र भीमफेदी गाउँपालिका वडा नम्बर ३ को निबुवाटार स्वास्थ्य चौकीको शिलान्यास २० माघमै हुँदैछ ।

टिष्टुङ र खैराङ गरी ७ करोड ४१ लाख ९७ हजार ११ रुपैंया, धियाल र निबुवाटारमा ३ करोड ७ लाख ८५ हजार ८ सय १० रुपैंयाको लागतमा भवन निर्माण हुँदैछ । टिष्टुङको भवन राष्ट्रियसभा सदस्य रामनारायण विडारी र थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, खैराङको भवन राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, धियालको भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र निबुवाटारको भवन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिलान्यास गर्ने जनाईएको छ ।

त्यसैगरी, नवलपुर जिल्लाको कुमारवर्ती स्वास्थ्य चौकी कावासोती नगरपालिका, नारायणी स्वास्थ्य चौकी मध्यविन्दु नगरपालिका, गैडाकोट स्वास्थ्य चौकी गैडाकोट नगरपालिका, देउराली प्राथमिक स्वास्थ्य चौकी हुप्सेकोट गाउँपालिका, परासी जिल्लाको पञ्चनगर स्वास्थ्य चौकी बर्दघाट नगरपालिका, हुकई स्वास्थ्य चौकी रामग्राम नगरपालिका, रामनगर स्वास्थ्यचौकी सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा रहेको उनवच स्वास्थ्य चौकी पनि मंगलबार शिलान्यास हुने पत्रकार सम्मेलन कार्यालय प्रमुख खर्बुजाले जानकारी दिए । 

उनका अनुसार यी सबै स्वास्थ्य संस्था भवन १५ देखि १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने गरी टेण्डर सम्झौता भएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबै भवन तोकिएकै समयमा सम्पन्न हुने गरी काम गर्न निरन्तर अनुगमन हुनुपर्नेमा जोड दिए । भवनको गुणस्तरीयतामा निगरानी गर्न संचारकर्मीलाई समेत उनले आग्रह गरे 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg