pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरको बाल विकास निर्देशन समिति पुनर्गठन,

CamScanner-०३-२७-1679933600.jpg

थाहा नगरपालिकामा प्रारम्भिक बाल विकास निर्देशन समिति पुनर्गठन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र एकीकृत ग्रामीण विकास सेवा मकवानपुरको सहकार्यमा सञ्चालित बाल सपना परियोजनाअन्तर्गत् १३ चैतमा सम्पन्न एक कार्यक्रममा बाल विकास निर्देशन समिति पुनर्गठन गरिएको हो ।

समितिको अध्यक्षमा नगर प्रमुख विष्णुबहादुर विष्ट रहेका छन् भने सदस्य सचिब प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे रहेका छन् । सदस्यहरुमा नगर उपप्रमुख भरत गोपाली, कार्यपालिका सदस्य पवित्रा ठकुरी, शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ल, सामाजिक शाखा प्रमुख अनिल लामिछाने, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान र बाल मैत्री स्थानीय शासन सहजकर्ता कुमार नेगी रहेका छन् । एकीकृत ग्रामीण विकास सेवा मकवानपुरको प्रतिनिधिलाई समिति सदस्यमा मनोनित गरिएको छ ।

नगर प्रमुख विष्णुबहादुर विष्टको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले थहा नगरपालिकाको एकीकृत प्रारम्भिक बालविकास रणनीतिको मस्यौदालाई कार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय गरेको सदस्य सचिब प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेले जानकारी दिए । मस्यौदाको अन्तिम रुप दिन शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लको संयोजकत्वमा मेघराज बलामी, अनिल लामिछाने, कुमार नेगी, प्रतिमा मोक्तान र सुरजकुमार भुजेल सदस्य रहेको टिम बनाइएको छ ।

कार्यक्रममा  एकीकृत ग्रामीण विकास सेवा मकवानपुरका सचिब मिनराज पौडेल, कार्यक्रम संयोजक संजिवकुमार जोशी, सामाजिक परिचालक मनिता कार्की, गंगा सापकोटा समेतको सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...