Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहानगरका ६४ वटा पसलमा अनुगमन, ६ वर्षअघिको सामानसमेत बेचिँदै

anugaman-1590314804-1590569461.jpg

एक सातादेखि थाहानगरका खाद्यान्नसहितका पसलहरुमा अनुगमन तीव्र पारेको थाहा नगरपालिकाले अहिलेसम्म ६४ वटा पसलहरुमा अनुगमन गरेको छ । अनुगमनको क्रममा अधिकाँस पसलहरुमा म्याद गुज्रिएको सामानहरु विक्री भइरहेको पाइएको थियो । ६ वर्षअघिको सामान पनि विक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका एक सदस्यले बताए । 
नगरउपप्रमुख खड्ग गोपाली संयोजक रहेको समितिले थाहाको शिखरकोट, ओखरबजार, बज्रवाराही, डाँडाबास, चित्लाङ, टिस्टुङलगायतका बजारहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकाँस पसलहरुमा म्याद गुज्रिएको सामान विक्री भइरहेको पाइएकोले अब पुनः देहोरिए त्यस्ता विक्रेताहरुलाई कारवाहीको दायरामा ल्याइने अनुगमन प्रमुख गोपालीले बताए ।
‘म्याद नाघेका सामान जफत गरेर एक पटकलाई सम्झाइबुझाइ गरेको छौं, अर्कोपटक यस्तै दोहोरिए कारवाहीको चेतावनी पनि दिएका छौं, पुनः अनुगमन गर्दा म्याद नाघेको सामान विक्रीका साथै पसलेहरुले पालना गर्नुपर्ने कुरा नगरेको पाइए हदैसम्मको कारबाही गर्छौं,’ उनले भने । अनुगमन टोली पुग्दा अधिकाँस पसलहरुमा विक्री मूल्यको सूचीसमेत भेटिएको थिएन । 
अनुगमनको क्रममा दाल, चमल लगायतका खाद्यान्नहरुको तौलमा एकरुपता देखिएको थियो । तर विक्रीमूल्य भने फरकफरक पाइएको अनुगमन समितिले जनाएको छ । 
अनुगमन समितिका एक सदस्यका अनुसार ग्रामीण भेगका अधिकाँस पसलहरुले रिटेलर गाडीबाट सिधै सामान लिने गरेको र त्यसरी खरिद गर्दा सामानमा बनेको मिति र एक्सपाइरी मिति हेर्ने नगरेको पाइएको छ । समितिले एउटा रिटेलर गाडीलाई रोकेर सामान चेकजाँचसमेत गरेको थियो । उक्त गाडीमा रहेको सामानसमेत म्याद गुज्रिसकेको पाइएपछि गाडी फिर्ता गरिएको र दोहोरिए कारवाही गर्ने चेतावनी दिइएको छ । 
अनुगमनमा नगरपालिका, प्रहरी, उद्योग वाणिज्य संघ, संचारकर्मी, उपभोक्ता संघ लगायतको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg