pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरका सहकारीहरुका लागि तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु

1713201325801-1713201435.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु भएको छ । नयाँगाउँ स्थित साहारा रिसोर्टमा ३ वैशाखबाट तालिम शुरु भएको हो । तालिमको एक कार्यक्रमका बीच थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख अतिथी कृष्ण गिरीले उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी गिरीले सहकारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताए । उनले सहकारीहरुसंग साँझेदारीमा विभिन्न काम गर्न सकिने बताउँदै आगामि आर्थिक वर्षको बजेट निर्माणको क्रममा सहकारीहरुसंग पनि अन्तरक्रिया गरेर साझा योजना निर्माण गर्ने प्रतिवद्धता जनाए । सहकारीहरुले व्यवसाय दर्ता गरेर नगरपालिकालाई सहयोग गरेको उनको भनाइ रहेको थियो ।

थाहा नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रमका सहभागी तथा अतिथीहरुलाई सुचना अधिकारी सुरज कुमार भुजेलले स्वागत गरेका थिए । कार्यक्रममा संयोजक रायमाझीले सहकारीहरुलाई सूचना प्रविधिमा आधारित बनाउनका लागि कोपोमिस तालिम सहयोगी सावित हुने अपेक्षा गरे । उनले सहकारी संस्थाहरुको मूल्याङ्कनको एउटा सूचक कोपोमिस समेत हुने बताउँदै तीनदिने तालिमको सफलताको शुभकामना व्यक्त गरे ।

तालिममा थाहा नगरपालिका अन्तर्गतका सहकारीहरुका व्यवस्थापक तथा प्रतिनीधहरुको सहभागिता रहेको शाखा प्रमुख अस्मिता घिमरेले जानकारी दिइन् । सहभागिहरुलाई जिल्ला सहकारी संघका अनिल विर बज्राचार्यले सहजीकरण गरिरहेका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...