Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहानगरका जनप्रतिनीधि र वडाका कर्मचारीका लागि अभिमुखीकरण शुरु

Screenshot_20211223-10483-1649225331.png

मकवानपुर थाहा नगरपालिकाको आयोजनामा तीनदिने  व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । पालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना इकाईले व्यवस्थापन गरेको तालिममा वडाका जनप्रतिनिधी, वडा सचिव, सहायक तथा सामाजिक परिचालकहरुको सहभागिता रहेको छ । 
तालिमको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा तालिम उद्घाटन समारोहका प्रमुख अतिथी हरिलाल पुरीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै पालिकाले वडाबाट प्रत्येक्ष नागरिकसंग जोडिने पञ्जिकरण सेवालाई प्रभावकारी रुपमा संचालन गर्न तालिमले सहयोग गर्ने विश्वास गरे । अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणमा देशमै उत्कृष्ट पालिका भएपनि कतिपय कानूनी अड्चन रहेको बताउँदै प्रशासकीय अधिकृत पूरीले त्यस्ता समस्याको समाधानमा विभागको सहजीकरण आवश्यक भएको औल्याए । 
तालिमका सहभागीहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एम.आइ.एस. सपोर्ट राजीव राइ, दापासा शेर्पा र लुना खड्काले तीन दिनसम्म सहजीकरण गर्नेछन् ।
थाहा–२ का वडा सदस्य विष्णु बहादुर थापाको सभाध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा थाहा–१ की वडा सदस्य देवकी तामाङ, थाहा नगरपालिका प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठ, सूचना अधिकारी सूचजकुमार भुजेल, एमआइएस अपरेटर रुपक कार्की, लक्ष्मण कण्डेल, फिल्ड सहायक अच्युत विडारीलगायतकाको उपस्थिती रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg