pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको स्थानीय बन महासंघ जिल्लामै उत्कृष्ट

1723215295384-1723215327.jpg


थाहा नगरपालिकामा क्रियाशील सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय समिति(स्थानीय वन महासंघ) मकवानपुर जिल्लामै उत्कृष्ट ठहरिएको छ । मकवानपुरका पालिका स्तरीय स्थानीय वन महासंघका अध्यक्षहरुसहित बसेको जिल्ला महासंघको बैठकले थाहा नगरपालिका स्थानीय वन महासंघलाई जिल्लाका १० वटा पालिकास्तरीय स्थानीय महासंघहरुमध्ये उत्कृष्ट ठहर गरेको हो । 
जिल्ला महासंघले थाहानगर स्थानीय वन महासंघलाई उत्कृष्ट ठहर गरेसँगै प्रशंसापत्रसहित पुरस्कृत गरेको छ । २५ साउनमा नवौं सामुदायिक वन दिवसको अवसरमा हेटौंडामा आयोजित एक कार्यक्रममा स्थानीय वन महासंघ थाहानगरलाई प्रशंसापत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सामुदायिक वन उपभोक्ता महासंघ थाहानगरका अध्यक्ष गणेशमान श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरेका थिए । 
संगठन सुदृढीकरण अन्तर्गत् स्थानीय महासंघलाई क्रियाशील बनाएको, सामुदायिक वनहरुको अभिलेखीकरण गरेको, नियमित रुपमा कार्यसमिति बैठक तथा परिषद बैठक सञ्चालन गरेको, स्थानीय वन ऐन पारित गराउन भूमिका खेलेको तथा स्थानीय वन ऐनबारे सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गरेको, लेखा तथा कार्यालय व्यवस्थापन तालिम सञ्चालन गरेको जस्ता प्रशंसनीय कार्यक्रम गरेकोले थाहा नगरस्थित स्थानीय महासंघलाई पुरस्कृत गरिएको जिल्ला महासंघका अध्यक्ष साधुराम चौलागाईले बताए ।    
मकवानपुरमा उत्कृष्ट भई पुरस्कृत भएपछि सामुदायिक वन उपभोक्ता महासंघ थाहानगरका अध्यक्ष श्रेष्ठले आगामी दिनमा अझ सशक्त हुन अवसर र चुनौति दुवै थपिएको बताए । उनले उत्कृष्ट ठहर गरेकोमा जिल्ला महासंघलाई धन्यवाद दिँदै यस स्थानमा पुग्नको लागि थाहा नगरपालिका, स्थानीय महासंघका पदाधिकारीहरु, सामुदायिक वन उपभोक्ता समूहहरु सबैको हात रहेको उल्लेख गरे ।
यस वर्ष ‘सामुदायिक वनको प्रभावकारिताः तीनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ नवौं सामुदायिक वन दिवस मनाइएको हो । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा रहेको वनलाई व्यवस्थापनका लागि स्थानीय समुदायलाई हस्तान्तरण गरिएको २०३० सालको साउन २५ गतेलाई स्मरण गर्दै हरेक वर्ष २५ साउनमा सामुदायिक वन दिवसको रूपमा मनाउने गरिन्छ ।
यस अवसरमा मकवानपुरमा स्थानीय वन महासंघसहित सामुदायिक वनको विभिन्न विद्यामा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन समूह तथा संचारकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको हो । यस क्रममा हेटौडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन हेटौडा–८ मा रहेको चित्रेपानी सामुदायिक वन हेटौडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन, हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन र मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वनलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । यसैगरी समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, सञ्चारकर्मी भीमसेन पौडेल र वनडढेलो नियन्त्रणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बुद्धिप्रसाद पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

जिल्ला वन महासंघका अध्यक्ष तिमल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख घलानले सामुदायिक वनले वनको संरक्षणका साथै सामाजिक, शैक्षिक, स्वास्थ्य तथा धार्मिक क्षेत्रकोे विकासमा महत्वपूर्ण काम गरेको बताए । वातावरण सन्तुलन, हरियाली प्रवर्धनमा गरेको काम विश्वले प्रशंसा गरेको बताउदै उनले वन क्षेत्रको समग्र विकासमा तीन वटै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...