pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको संस्कृतिले पर्यटन प्रबर्द्धनमा सहयोग पुग्छ:नगर प्रमुख बिष्ट

312146285_436440041769365-1666785634.jpg

थाहा नगरपालिकाको संस्कृतिले सांस्कृतिक सद्भाव कायम राख्दै नगरपालिकाको पर्यटनलाई समेत प्रवर्द्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताउनुभयको छ।आज थाहा नगरपालिकाको वडा न ६ मा आयोजित नेपाल संवत् ११४३ को शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख बिष्टले सोकुरा बताउनुभएको हो।बिष्टले थाहा नगरका नेवार समुदायले आफ्नो परम्परा र रितिरिवाजको संरक्षणमा पुर्यायको योगदानको चर्चा गर्दै संस्कृति संरक्षणमा नगरपालिकाको साथ र सहयोग हमेसा रहने बताउनुभयो। नेपाल संवत् ११३७ देखि निरन्तर रुपमा बज्रवाराहिमा नेपाल संवत् मनाउने गरियको छ तेस्को लागि हरेक बर्ष एक जना संयोजक तोकिने गरेको पुर्व भिन्तुना संयोजक प्रमोद कृष्ण जोशीले बताउनुभयो ।कुलगाउँका भट्ट गोपाली संयोजक रहेको नयाँ बर्ष ११४३ को शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल संवत् ११४२ का संयोजक राजभाइ श्रेष्ठको सभापतित्वमा कार्यक्रम आयोजना गरियको थियो। कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्ट ,जिसस सदस्य सुवर्ण गोपाली,निवर्तमान जिसस सदस्य चित्र बहादुर बलामी,वडा अध्यक्ष हरु १ का हेरमान गोपाली,६ का राजेन्द्र भक्त श्रेष्ठ ,का साथै स्थानिय नेवार समुदायका गुरुहरु,धिमे बाजा समूह,महिला बासुरी समूह,थहचोक,पापुङ,लीलाखेल,ईकुण्डोल,कुन्छाल,र कुलगाउँका नेवारी समुदायहरुको उल्लेख्य सहभागिता रहेको थियो। अहिले सम्म ११३७ देखि ११४३ सम्म क्रमस: इन्द्र बहादुर श्रेष्ठ ,बिष्णु बहादुर गोपाली,प्रमोदकृष्ण जोशी ,सानुकाजी गोपाली ,बिष्णु बहादुर बलामी,राजभाइ श्रेष्ठ ,भट्ट बलामी संयोजक रहेर नयाँ बर्ष मनाइयको आयोजकले जनायको छ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...