pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको वडा न ३ ले सुरु गर्यो पशु सुत्केरी भत्ता कार्यक्रम

FB_IMG_1751383199025-1751383236.jpg

थाहा नगरपालिका वडा नं. ३ ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै "पशु सुत्केरी भत्ता" कार्यक्रमलाई  समावेश गरेको छ। सार्वजनिक गरिएको बजेट विवरण अनुसार सो कार्यक्रमका लागि रू.२ लाख पचास हजार बजेट विनियोजन गरिएको छ।

वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले पशुपालनलाई आत्मनिर्भर र व्यवस्थित बनाउने उद्देश्यले पशु सुत्केरी भत्ता कार्यक्रम अघि बढाइएको जानकारी दिए। उनले भने, "हाम्रा किसानहरू अझै पनि परम्परागत तरिकाबाट पशुपालन गर्दै आएका छन्। उनीहरूलाई आधुनिक र प्रोत्साहनात्मक उपायबाट समर्थन गर्न आवश्यक छ। सुत्केरी भएको पशुलाई उचित स्याहार गर्ने प्रबन्ध मिलाउन यो भत्ता उपयोगी बन्नेछ।"

उनले थपे, "हामी कृषिमा मात्र नभई पशुपालनमा पनि आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दैछौं। यो कार्यक्रमले गाउँका किसानलाई आर्थिक रूपमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।"

यस बाहेक वडा नं. ३ ले कुल १६ वटा कार्यक्रम समावेश गरी ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ, जसमा कृषि विकास, साना पूर्वाधार विकास, गृहिणी प्रोत्साहन ऊर्जा प्रवर्द्धन,शैक्षिक बिकास,रोजगार मुलक साना पुर्वाधार बिकास, लगायतका विभिन्न विषय समेटिएका छन्।

पशुपालनमै आत्मनिर्भर हुने सोचसहित अघि बढाइएको पशु सुत्केरी भत्ता कार्यक्रमले वडाका किसानहरूमा सकारात्मक सन्देश फैलाउने र पशु व्यवसायलाई थप व्यवसायिक बनाउने विश्वास लिइएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...