Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाको वडा न १ र ३ का बालक्लबका पदाधिकारीलाई अभिमुखिकरण

20250818_124534-1755528424.jpg

थाहा (मकवानपुर) —
थाहा नगरपालिकाको वडा नम्बर १ र ३ लाई बालमैत्री वडा घोषणा सभाको तयारी थालिएको छ। आगामी भदौ १३ गते यी दुई वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको अवस्थामा सभा मार्फत कार्यक्रम गरिँदैछ।

यसैक्रममा, बाल क्लबका प्रतिनिधिहरूलाई अभिमुखीकरण तथा क्षमता अभिवृद्धि तालिम दिइएको छ। तालिममा सहभागी बालप्रतिनिधिहरूलाई उद्घोषण, कार्यक्रम सञ्चालन तथा बालमैत्री वडाका सूचकहरू सम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको हो।

तालिममा थाहा नगरपालिका सूचना अधिकारी सुरजकुमार भुजेल र बालकल्याण अधिकृत अनिल लामिछाने ले सहजीकरण गरेका थिए।

फोकल पर्सन लामिछानेका अनुसार वडा नं. १ र ३ ले बालमैत्री वडा घोषणाका लागि आवश्यक सूचक प्राप्त गर्ने तयारीको चरण, पूर्वतयारी, नीति तथा योजना तर्जुमा र कार्यान्वयन, अनुगमन–मूल्याङ्कन तथा प्रतिवेदन तयार गर्ने चरण र दिगोपनाको चरणसमेत पूरा गरिसकेको बताए।

उनले वडा स्तरमा टोल–टोलमा पुगेर बालमैत्री सूचकहरू पुरा गर्नका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिएको जानकारी दिए।

थाहा नगरपालिकाले बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वातावरण निर्माणका लागि नीति निर्माणदेखि व्यवहारिक अभ्याससम्मको पहल अघि बढाएको जनाएको छ।

20250818_124127-1755528425.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg