Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहाको वडा नं. ५ कार्यालयमा अज्ञात समूहल आगजनी, भूकम्पपीडितको फाइल जलेर नष्ट 

72116596_418323182430351_-1571036506.jpg

 

जेसीवी र ट्रिपरमा आगजनी भएको एक साता नवित्दै मकवानपुरको थाहा नगरपालिकामा अर्को आगजनीको घटना भएको छ । अज्ञात समूहले मकवानपुरस्थित थाहा नगरपालिकाको वडा नं. ५ कार्यालयमा आगजनी गरेको छ । आइतबार राति करिब साँढे ११ बजे भएको आगजनीबाट कार्यालयको सम्पूर्ण कागजपत्रहरु, फर्निचर र अन्य कार्यालय सामग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएको थाहा नगरपालिका–५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङले बताए । 
झ्यालढोकाका खापाहरुसमेत जलेर नष्ट भएको अध्यक्ष गुरुङले बताए । आगजनीकर्ताले कार्यालय भवनको ढोका फोडेर भित्र पसी पेट्रोल छर्किएर आगो लागाएको वडा अध्यक्ष गुरुङले बताए ।  आगजनीका कारण विद्युतको मिटर पड्केपछि स्थानीयले घटनाबारे थाहा पाएका थिए । स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि कार्यालयमा रहेका डकुमेन्टहरु जोगाउन नसकिएको स्थानीयले बताएका छन् । 
आगजनीबाट अन्य महत्वपूर्ण कागजपत्रहरुसँगै थाहा ५ का भूकम्पपीडितहरुको कार्यालयमा रहेको फाइल जलेर पूर्णरुपमा नष्ट भएको छ । 
आगजनी घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिए पनि नेकपा विम्लब समूहले गराएको हुन सक्ने आशंका गरिएको छ ।  घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालयबाट एक टोली राती नै घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए । 
स्थानीय तहको निर्वाचनपछि १२ वडा रहेको थाहा नगरपालिकामा पहिलोपटक आफ्नै भवन निर्माण गरेर वडा नं. ५ मा गत २०७५ पुस १ गतेदेखि कामकाज शुरु गरिएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg