Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको वडागत वित्तिय प्रगती:- ६ नम्बर उत्कृष्ट, १० नम्बर वडा सबैभन्दा कमजोर

FB_IMG_1688054625058-1692450115.jpg

मकवानपुर थाहा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० का लागि वडालाई दिइएको बजेट सिलिङमा ९३.६१ प्रतिशत मात्र वित्तिय प्रगती हासिल भएको छ । वडागत बजेट उपशीर्षक अन्तर्गत १४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ करोड ८४ लाख ३१ हजार ३ सय ४३ रुपैयाँ खर्च भएको थाहा नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए ।  
१२ वटा वडा रहेको थाहानगरमा सबैभन्दा बढि वित्तिय प्रगती हासिल गर्नेमा वडा नम्बर ६ र सबैभन्दा कमजोर अवस्था वडा नम्बर १० रहेको छ । आर्थिक वर्ष २०७९÷०८० का लागि वडागत बजेट उपशीर्षक अनुसार वडा नम्बर १ ले १ करोड १५ लाख बजेट पाएकोमा १ करोड १० लाख ४६ हजार ७ सय ५१ खर्च भई ९६.०५ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । त्यस्तै वडा नम्बर २ मा १ करोड १५ लाखमा १ करोड १३ लाख ३६ हजार ६ सय ७५ खर्चभई ९८.५७ प्रतिशत, वडा नम्बर ३ मा १ करोड १५ लाखमा १ करोड ५ लाख ७८ हजार ९ सय ८२ खर्च भई ९१.९९ प्रतिशत, वडा नम्बर ४ मा १ करोड २५ लाखमा १ करोड २२ लाख ८० हजार १ सय १७  खर्च भई ९८.२४ प्रतिशत, वडा नम्बर ५ मा १ करोड २५ लाखमा १ करोड २१ लाख ७३ हजार १ सय १ खर्च भई ९७.३८ प्रतिशत, वडा नम्बर ६ मा १ करोड १५ लाखमा १ करोड १३ लाख ९५ हजार २ सय ४५ खर्च भई ९९.०८ प्रतिशत वित्तिय प्रगती हासिल भएको छ । 
त्यस्तै वडा नम्बर ७ मा १ करोड ३५ लाख विनियोजन भएकोमा १ करोड २१ लाख ७६ हजार २ सय ६२ खर्च भई ९०.१९ प्रतिशत, वडा नम्बर ८ मा १ करोड ३५ लाख विनियोजन भएकोमा १ करोड २३ लाख ४५ हजार ७६ रुपियाँ खर्च भई ९१.४४ प्रतिशत, वडा नम्बर ९ मा १ करोड १५ लाख बजेट विनियोजन भएकोमा १ करोड ४ लाख ४२ हजार ९ सय ३४ खर्च भई ९०.०८ प्रतिशत, वडा नम्बर १० मा १ करोड १५ लाख विनियोजन भएकोमा ९९ लाख ३७ हजार बत्तिस रुपियाँ खर्च भई ८६.४ प्रतिशत, वडा नम्बर ११ मा १ करोड ३५ लाख विनियोजन भएकोमा १ करोड २५ लाख ४६ हजार १ सय  ३७ खर्च भई ९२.९३ प्रतिशत र वडा नम्बर १२ मा १ करोड ३५ लाख बजेट विनियोजन भएकोमा १ करोड २१ लाख ७३ हजार ३० रुपियाँ खर्च भई ९०.१७ प्रतिशत वित्तिय प्रगती हासिल गरेको थाहा नगरपालिकाले जनाएको छ । 
थाहानगरले आर्थिक वर्ष २०७९÷०८० मा समग्रमा ८०.५९ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । कुल १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ बजेट रहेकोमा ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ खर्च भएको नगरपालिकाले २५ साउनमा आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा कार्यक्रममा जानकारी दिइएको छ । सरकारको सर्वत्र चासोमा रहने पुँजीगत खर्च भने थाहा नगरपालिकाले ७०.९० प्रतिशत गरेको छ । ६७ करोड ८ लाख २० हजार ७ सय ६२ रुपैयाँ पुँजीगततर्फ विनियोजित बजेट मध्ये पालिकाले ४७ करोड ५२ लाख ६७ हजार २ सय २४ रुपैयाँ खर्च गरेको नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए । नगरपालिकाले चालुतर्फ ५२ करोड १७ लाख ९१ हजार १ सय रुपैयाँ बिनियोजन भएकोमा ४७ करोड १० लाख ४६ हजार ३१ रुपैयाँ अर्थात ९०.२७ प्रतिशत खर्च गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...