pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको बजेट ९१ करोड ९१ लाख,कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

448696499_138251263243824-1718981577.jpg

थाहा नगरपालिकाको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा करिब ८ करोड रुपैयाँ खुम्चिएको छ । संघीय सरकार र प्रदेश सरकारले विभिन्न शीर्षकमा दिने अनुदानमा कमी आएकाले आव ०८१/०८२ का बजेटको आकार खुम्चिएको हो ।

थाहा नगरपालिकामा शुक्रबार आयोजित १६ औं नगरसभामा उपमेयर भरत गोपालीले आव ०८१/०८२ का लागि ९१ करोड ९१ लाख ४३ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । जसमध्ये चालु खर्चमा ६२ प्रतिशत र पुँजीगत ३८ प्रतिशत विनियोजन गरिएको छ । जसमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड २८ लाख समपूरक अनुदान १ करोड, विशेष अनुदान १ करोड, सशर्त अनुदान ३० करोड ७१ लाख, ६ हजार ५ सय, राजस्व बाडफाँड १० करोड ६५ लाख ३० हजार १ सय ८२, रोयल्टी १ करोड ८९ लाख ६९ हजार ८ सय गरी जम्मा ५७ करोड ५४ लाख ६ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड २३ लाख ९० हजार समपूरक अनुदान ३ करोड, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान ७ करोड १८ लाख ६७ हजार र राजस्व बाँडफाँड ९ करोड ३५ लाख ५३ हनार गरी जम्मा २१ करोड ४३ लाख १० हजार रहेको छ । नगरपालिकाको आन्तरिक आयतर्फ राजस्व (कर तथा गैरकर) ५ करोड र मालपोत २ करोड रुपैयाँ गरी जम्मा ७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

चालु आव अर्थात् ०८०/०८१ का लागि ९९ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । थाहा नगरपालिकाको बजेटले कृषि, पूर्वाधार शिक्षा र पर्यटनको विकासलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगार र रोजगारीको वातावरण सिर्जना गर्ने जनाएको छ ।

बजेटले पर्यटकीय क्षेत्रको पूर्वाधारलाई पनि प्राथमिकता दिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले थाहा नगरपालिकाले राष्ट्रसेवक कर्मचारीलाई पर्यटन काजका लागि रकम विनियोजित गरेको छ । वाग्मती प्रदेश सरकारले विगत वर्षदेखि नै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न राष्ट्र सेवक कर्मचारीलाई १०दिनको काज दिने व्यवस्था गरेको छ । तरकारी खेतीलाई प्रवर्द्धन गर्न बजेट विनियोजन गरिएको छ भने आलु खेतीका लागि उन्नत बीउको निम्ति बजेटमा अनुदानको व्यवस्था गरेको छ ।

बजेटले थाहा नगरपालिका भित्र पर्यटकहरुलाई आकर्षित गर्न प्रचारप्रसारमा जोड दिएको छ । आगामी आवको बजेट प्रस्तुत गर्नुभन्दा अघि मेयर विष्णुबहादुर विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रम पारितपश्चात् आगामी आवको बजेट प्रस्तुत गरिएको थियो 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...