Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहाको बजेट : कृषि र स्वास्थ्यलाई प्राथमिकता

budget-pic-1593854514.jpg

थाहा नगरपालिकाको आगामी आथिक वर्ष २०७७–०७८ को बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ । 

थाहाको सातौं नगरसभाले पारित गरेको बजेटमा नगर तथा वडास्तरका योजनहरुमा समेत कृषि र स्वास्थ्यलाइ प्राथमिकता दिइएको हो । 

बजेट अनुुसार कृषि विकास शाखाको बजेट २ करोड ६ लाख ५० हजार रुपिया रहेको छ भने स्वास्थ्य शाखाको बजेट ६ करोड ५२ लाख ५१ हजार रुपिया रहेको छ । यसबाहेक नगर र वडाहरुले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेका छन् । 

नगरपालिकाले आगामी वर्षका लागि बाँझो जमिन व्यवस्थापनका लागि ७ लाख, हाट बजार व्यवस्थापनको लागि ५ लाख, किसान स्वास्थ्य सुरक्षा कार्यक्रमको  लागि १ लाख र तरकारी मूल्य समर्थन सर्वेक्षणका लागि ३ लाख बजेट वनियोजन गरेको छ । 

त्यस्तै १५ सैया अस्पताल संचालनको लागि २० लाख, गरिव स्वास्थ्य बिमाको लागि ११ लाख, कोरोनाबाट मृत्यु हुनेलाई सहयोगको लागि ५ लाख र मनोसामाजिक परामर्श केन्द्र संचालनको लागि १ लाख ५० हजार रुपिया बजेट विनियोजन भएको छ  ।

कृषिका लागि वडा नं. १ ले ७ लाख, वडा नं. ३ ले ५ लाख, वडा नं. ४ ले १० लाख, वडा नं. ५ ले ५ लाख, वडा नं. ८ ले ५ लाख , वडा नं. ११ ले ५ लाख र वडा नं. १२ ले १० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नं. २ ले कृषि तथा स्वस्थ्य शीर्षकमा ५ लाख र वडा नं. ६ ले शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइअन्तर्गत १२ लाख रुपियाँ विनियोजन गरेको छ । वडा नं. ९ ले भण्डारखर्क कृषि सडक शीर्षकमा ७ लाख बजेट छुट्याएको छ । 

नगरपालिकाको सातौं नगरसभाले आगामी आर्थिक वर्षको लागि ८५ करोड ४६  लाख ३३ हजार रुपियाको बजेट पारित गरेको छ । 
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg