Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाको फुर्केमा मनाइयो तमु ल्होसार

tamu1-1704028661.jpg

१५ पौष,थाहा नगर 
आज तमु ल्होसार । गुरुङ समुदायको नयाँ बर्ष ‘तमु ल्होसार’ पर्व हरेक १५ पुसमा मनाउने गर्छन् । गुरुङ समुदायले  ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाई गर्दै गरुड बर्षको स्वागत गरेर भव्य रूपमा बिबिध कार्यक्रम गरेर थाहा ५ को फुर्केमा मनाइयको छ ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद इकाई समिति थाहा ५ फुर्केको आयोजना तथा नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला कार्यसमितिको सहआयोजनामा कार्यक्रम गरियको हो। तमु ह्युलका इकाई अध्यक्ष तथा थाहा ५ का वडा अध्यक्ष बिष्णु बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा ,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने , भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी ,५ न वडाका निर्वाचित जनप्रतिनिधि ,तमु विद्यार्थीका जिल्ला कार्यसमिति सदस्यहरु ,तमु समाजका जेष्ठ सदस्य गणेश बहादुर गुरुङ,पत्रकार शम्भु अधिकारी लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथी नगर प्रमुख बिष्टले संस्कार र संस्कृति जान्न र बुझ्नका लागि पनि युवाहरुको सक्रियता बढेको देखेर खुसी लागेको  बताए । ल्होसार चाड सामूहिकरुपमा मनाउँदा नयाँ पुस्ता र अन्य समुदायलाई पनि चासोको विषय बनेको उनको भनाइ थियो,साथै उनले गुरुङ समुदायको संस्कृति तथा रहनसहन लाई पुस्तानान्तरण गर्दै लानुपर्नेमा जोड दिनुभयो।
तमु ल्होसारको बारेमा र कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै तमु विद्यार्थीका मन गुरुङले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको बताउदै यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने तथा ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित भएको बताउदै गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन ।
ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन्। गुरुङ परम्पराअनुसार वर्षका १२ महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन। यसपटक तमु (गुरुङ समुदाय)ले ‘तो (बिरालो वर्ग)को बिदाइ गर्दै गरुड बर्गको स्वागत  गरेर भव्य रूपमा पर्व मनाएका हुन्। तमु ल्होसारको पहिलो दिन छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिने र दोस्रो दिनलाई राजाको ल्होसारका रुपमा लिइन्छ। ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समीक्षा तथा विमर्श आदि हुन्। बाँसको टोकरीमा राखेको सेलरोटी, तामा या पित्तलको भाँडामा राखेको अचार, तरुललगायतका कन्दमूल र मासु यो पर्वमा मनाइने थाहा ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङले बताए । ल्होसार चाड मनाउन युवा पुस्ताको उल्लेखनीय सहभागिता थियो भने बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।  पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा भने माघ र फागुनमा यो पर्व  मनाइन्छ

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg