Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको थानाबजारमा व्यायाम केन्द्र,बैशाख १ गते बाट संचालनमा आउने।

1712927099376-1712928339.jpg

स्थानीयको माग र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै थाहा नगरपालिकाको आर्थिक सहयोगमा बुद्ध चोक बजार व्यवस्थापन समिती थानाबजारले बजारमा व्यायामका उपकरणको व्यवस्था गरेको छ ।
थाहा नगरपालिकाको २ लाख ५० हजार र बाकी बजार व्यवस्थापन समितिले खर्च गरेर व्यायाम गर्नको लागि एक सेट ट्रेडमिल,एक सेट व्यायाम साइकल र एक सेट जिम स्टेसन राखिएको बजार व्यवस्थापन समितिका सचिव रविन प्रधानले जानकारी दिए।
नयाँ बर्ष २०८१ को पहिलो दिनबाट व्यायाम केन्द्र सबैको लागि  खोल्ने समितिका अध्यक्ष रामबहादुर केसीले जानकारी दिए।
यसै बिच थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले व्यायाम केन्द्रको अवलोकन अनुगमन गर्नुभएको छ।
थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने सहित अनुगमन गर्न पुग्नुभएका प्रमुख बिष्टले ‘सर्वसाधारणले बिहान र बेलुकी शारीरिक व्यायाम गर्दा स्वास्थ्यका लागि फाइदा देखिने भएकाले यसमा नगरले चासो दिएको छ ।’ उनले बिस्तारै सबै वडा र सार्वजनिक स्थानमा  सर्वसाधारणलाई व्यायाम गर्न मिल्ने गरी उपकरण राखिने जानकारी दिए । उनले भने शरीर स्वस्थ राख्न व्यायामको आवश्यकता हुने भएकाले हामीले ठाउँ–ठाउँमा व्यायाम गर्न मिल्ने उपकरण राख्दै जाने योजना आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम मार्फत सम्बोधन गर्दै जाने बताउनुभयो । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...