pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको तिनाल गाउँका ४२ घरमा पानी बोकेरै खाने बाध्यता

tinal4-1701003819.jpg

 

 

 

मकवानपुरको पर्यटकीय नगरी भनेर परिचय बनाएको थाहा नगरपालिकाका कतिपय गाउँमा अझै पानी बोकेरै खानुपर्ने बाध्यता रहेको छ । बज्रवाराहीबाट नजिकै रहेको थाहा नगरपालिका वडा नम्बर ५ को तिनाल गाउँका स्थानीयहरु खानेपानी बोकेरै दैनिकी चलाइरहेका छन् । इन्द्रसरोवर गाउँपालिका १ नम्बर वडाको सीमा क्षेत्रमा पर्ने तिनाल गाउँका करिब ४२ घरमा पानी बोकेरै खाने र वस्तुभाउ पाल्नुपर्ने बाध्यता रहेको छ ।

‘तिनाल गाउँका घरलौरी एक÷एक जनाको विहानको काम पानी ओसार्ने मात्र हुन्छ’–स्थानीय रमेश भ्लोनले भने । पानी अभावकै कारण गाउँमा वस्तुभाउ पाल्न र करेसाबारीमा सागपात रोप्न समेत कठिनाइ भएको भ्लोनको भनाइ छ । तिनाल गाउँमा अहिले मात्र होइन पहिलेबाटै खानेपानीको अभाव रहेको गाउँका ज्येष्ठ नागरिक रामनाथ वाइवाले बताए । स्थानीय इन्द्र भ्लोनेले दुखेसो पोख्दै भने–‘अरु त अरु त्यसै बगेर जाने पानीको समेत असाध्यै दुःख छ, हाम्रो दुःख बुझ्ने को छ र ?’ उनी थप्छन्–‘गाउँमा चुनाव र अरु बेलामा पनि आश्वासन बाँड्नेहरु घरघरै आउँछन्, दुःको बेला कसैले फर्केर हेर्दैनन् ।’

तिनाल गाउँमा, गाउँ भन्दा माथि पानीको मुहानै छैन । पानीका लागि गाउँदेखि करिब ८ सय मीटर तल तिनाल खेत मुहानबाट पानी बोकेर उकालो चढ्नु पर्ने विवेक कुमारी भ्लोनले सुनाइन् । पानी बोकेरै पुस्तौ बित्यो, गाविस नगरपालिका भएको वर्षौ भयो तर गाउँमा पानीको समस्या जिउँका त्यू छ, भ्लोनले भनिन् । उनले गाउँमा पानी ल्याइदिनको लागि अनुरोध गर्दा आश्वासन बाहेक अरु केही नपाएको बताइन् ।

तिनाल गाउँमा ४२ परिवारको करिब २ सय २० जना बसोबास रहेको छ । उनीहरुले गाउँमा पानी आपूर्तिको लागि सहयोग गरिदिन स्थानीय सरकार र सहयोगी निकायहरुलाई अनुरोध गरेका छन् ।

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...