pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको चार नेवारी बस्तीमा सोमबार दसैंको टीका लगाइँदै

1729496808396-1729497069.jpg

न्हुल गाउँमा दशैंको टीका लगाइदै, तस्विर:- सुनिता गोपाली

मकवानपुरको थाहा नगरपालिका– १० का चार नेवारी बस्तीमा सोमबार बडा दसैंको टीका लगाइएको छ । थाहा नगरपालिकाको अम्बे जात्रा (चम्पाकेश्वर महादेव जात्रा) का कारण चार नेवारी बस्तीका बासिन्दाले सोमबार मात्रै दसैंको टीका लगाएका हुन् ।

अम्बे जात्राका कारण टौखेल, न्हुलगाउ, कलाटु र विसिंखेलका नेवारी समुदायले असोज २६ मा दसैं मनाएका थिएनन् । नेवारी समुदायले कुनै पनि जात्रा र पर्व मनाउनु ८ दिनअघि ‘आँग’ (जाँड) राख्ने चलन अनुसार असोज २३ मा चम्पाकेश्वर महादेवको अम्बे जात्राका लागि ‘आँग’ रखिएपछि दसैं पछि सारिएको हो ।

कुनै पनि जात्राका लागि ‘आँग’ राखिसकेपछि अन्य देवीदेवताको पूजा गर्न नहुने नेवारी परम्पराका कारण दसैंको दुर्गा पूजा पछि सारिएको स्थानीय कुलचन्द्र अर्यालले बताए । यी चार गाउँमा गमाल र गोपाली समुदायको बसोबास रहेको छ ।

कार्तिक संक्रान्तिदेखि वरको छैटौं दिन महानवमी परेकाले दसैं पछि सारिएको अर्का स्थानीय अक्षय गोपालीले बताए । ‘आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि ‘आँग’ अर्थात् प्रसादका लागि जाँड राख्ने दिन हो । कार्तिक संक्रान्तिको आठ दिनअघि महानवमी नपरेको भए दसैं मान्थ्यौं,’ जात्राका गुरु श्यामबहादुर गोपालीले भने, ‘जात्रा सकेपछि सोमबार) टीका लगाइरहेका हौं ।’

गोपाली समुदायको बसोबास रहेको न्हुँलगाउ र टौखेल तथा गमालको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दसै सारेको चम्पाकेश्वर क्षेत्र विकास समितिका सचिव कर्ण गोपालीले जानकारी दिए । कार्तिक संक्रान्तिका दिन गोपाली समुदायका गुठियारहरूले ‘आँग’ ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ अर्थात् एक पटक मात्र कुटेको चिउरा प्रसादका रूपमा खाने गरिन्छ । उक्त प्रसाद खाएमा पेटको रोग निर्मूल हुने जनविश्वास छ ।
अम्बे जात्रा सूर्यमासका आधारमा प्रत्येक वर्षको कार्तिक १ गते मनाइन्छ । दसैं चन्द्रमास अनुसार आश्विन शुक्ल पक्षमा मनाइन्छ । चन्द्रमास अनुसार मलमास र क्षयमास परेको आसपासका वर्षमा यस्तो हुन जान्छ । यस वर्ष पनि दसैंको टीका चम्पाकेश्वर महादेवको अम्बे जात्राको ‘आँग’ राखिसकेपछि परेका कारण दसैं पछि मनाइएको हो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...