pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको एकै वडामा दुई पक्कि पुल, मेयर बिष्टले गरे शिलान्यास

FB_IMG_1738160547697-1738160568.jpg

थाहा नगरपालिका ९ स्थित चित्लाङ खोलामा दुईवटा पक्कि पुलको निर्माण थालिएको छ।

वडाको कपुगाउँ,खर्क,खलिवन लगायत खर्क हुँदै वडा कार्यालय तथा काठमाडौ आउजाउ गर्न सहज बनाउन एकै वडाको एउटै खोलामा दुईवटा पक्कि पुल निर्माण थालिएको हो।

उक्त दुई पुलको थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट,निर्माण व्यावसायि महासंघका पुर्व केन्द्रिय अध्यक्ष तथा समाजसेवी जयराम लामिछाने र वडा अध्यक्ष राजकुमार बलामीबाट सयुक्त रुपमा शिलान्यास गरिएको छ ।

दुईवटा पुलको शिलान्यास पश्चात नगर प्रमुख बिष्टले जनताको माग अनुसार एकै गाँउमा एउटा खोलामा दुईवटा पुल बनाउन थालिएकाले निर्माण पश्चात कृषि उपज बजार पुर्याई आर्थिक गतिविधि चलायमान र वडा कार्यालय आउन तथा चन्द्रागिरी सडकको बैकल्पिक सडकको रुपमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण र आयोजनाको प्रभावकारिता अध्ययनन अनुसार गाँउमा उत्पादन भएका कृषि उपजलाई सहज रुपमा बजार पुर्याउन पुलको अत्यावश्यक देखिएकाले बजेट बिनियोजन गरिएको हुदाँ सोही अनुसार लाभ लिन उनले स्थानीय लाभग्राहीलाई आग्रह गर्दै बजेटको लागि प्रदेश सरकार संग समन्वयको भुमिका निर्वाह गरिदिएकोमा जयराम लामिछानेलाई धन्यवाद दिए।

निर्माण व्यावसायि महासंघका पुर्व अध्यक्ष जयराम लामिछानेले एकैसाथ शिलान्यास गरिएका दुई पुललाई पनि समयअवधि भित्रै काम पूरा गर्न उनले निर्माण व्यावसायीलाई सचेत गराए।

वडा न ९ का अध्यक्ष राजकुमार बलामीले बजेट बिनियोजन गर्नको निम्ति समाजसेवी जयराम लामिछाने आफू संगै मन्त्रालय दौडधुप गरेको स्मरण गर्दै सबैको साथ र सहयोग बाट समयमै निर्माण सम्पन्न गर्नुपर्ने बताए।

चित्लाङ खोलामा निर्माण थालिएका दुई पुल मध्ये कुस्लेचौर कपुगाउँ जोड्ने पक्कि पुलको लागत १ करोड ३लाख रहेको छ भने भैरव थान-खर्क खलिवन जोड्ने पुलको लागत १ करोड २ लाख रहेको छ।
उक्त दुई पुल वि सं.२०८२ असारसम्म सम्पन्न गर्नुपर्ने गरेर निर्माण व्यावसायीलाई जिम्मेवारी दिइएको छ ।
पुल निर्माणको लागि बागमती प्रदेश सरकारको स्थानीय पुर्वाधार बिकास आयोजना कार्यालय हेटौंडा बाट बजेट बिनियोजन भएको हो।

FB_IMG_1738160533885-1738160568.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...