Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहाकी बालिकाको मृत्युको जिम्मेवारी अस्पतालले लिनुपर्छ : एमाले सचेतक बर्तौला

FB_IMG_1694164782132-1694164841.jpg

 

मकवानपुर जिल्ला थाहा नगरपालिकाकी ५ बर्षिया बालिकाको मृत्युको जिम्मेवारी कान्तिबाल अस्पतालले लिनुपर्ने नेकपा एमालेका सचेक महेश बर्तौलाले बताएका छन् । कान्ति बाल अस्पतालमा गत १८ गते भएको एक बालिकाको मृत्यु बारे संसदमा बोल्दै अस्पतालको चरम लापरबाहीका कारण मृत्यु भएको र त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल व्यवस्थापन, अस्पताल निर्देशक तथा स्वास्थ्य मन्त्रालयले लिनुपर्ने सांसद बर्तौलाले बताए ।

 

 

 

 

 

 

 

 

मकवानपुर जिल्ला संघीय निर्वाचन क्षेत्र न २ बाट निर्वाचित बर्तौलाले आफ्नो निर्वाचन क्षेत्र भित्रकी बालिका मृत्युको सवालमा संसदमा बोलेका हुन् । अस्पतालको लापरबाहीले गर्दा एउटा बाबुको सपना तुहिएको र परिवारमा दुःख परेको बताउँदै सचेतक बर्तौलाले भने “जीतबहादुर गोपाली यतिबेला पोर्चुगलमा हुनुहुन्छ, आफ्नो छोरीको सुन्दर भविष्यको सपना बोकेर उचित शिक्षा दिक्षा दिउँला भनेर, छोरीको भविष्य उज्जवल बनाउन उहाँ एक वर्षदेखि पोर्चुगलमा हुनुहुन्छ, यहाँ स्वास्थ्य सेवा प्रदायकको यस्तो लापरबाही ?’

जीतबहादुको एउटा मात्रै सन्तान हुन् ५ बर्षे रेजीसा गोपाली । उनको सपना कान्ति बाल अस्पतालको चरम लापरबाही, गैरजिम्मेवारीपनका कारणले गर्दा चकनाचुर भएको बर्तौलाले बताए । बर्तौलाले अस्पातलले इमर्जेन्सीको उपचारका लागि दुई घण्टासम्म डाक्टर भेट्ने पालो नदिँदा तथा अस्पतालका पालेलाई बालिकाकी आमाले अनुनय विनय गर्दा पनि भित्र प्रवेशमा ढिलाई गर्दा मृत्यु भएको उल्लेख गर्दै मृतक बालिकाको पीडित परिवारले न्याय पाउनु पर्ने उनले बताए।

अस्पताल व्यवस्थापन तथा अस्पताल निर्देशकलाई छानबिनको दायरामा ल्याउन माग गर्दै पीडित परिवारलाई आवश्यक क्षेती भरान माग गरे । उक्त बालिका मकवानपुरको थाहा नगरपालिका १० की हुन् र उनी आफ्ना आमासंग काठमाडौको बाफल बस्दै आएकी थिइन । उच्च ज्वरो आएपछि उपचारको लागि कान्ति बाल अस्पताल लगिएकोमा पालो कुर्दा कुर्दै इमर्जेन्सी वार्डमा उनको निधन भएको थियो ।

 
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg